जिफन्ट काठमाण्डुमा चौलागाईं

काठमाण्डु टुडे २०७० असोज २० गते ६:२७ मा प्रकाशित

काठमाण्डु, २० असोज–नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) काठमाण्डु जिल्लाको अध्यक्षमा अर्जुन चौलागाईं निर्वाचित भएका छन् । जिल्लाको दोस्रो अधिवेशनले चौलागाईं नेतृत्वको नयाँ कार्यसमिति तीन वर्षका लागि चयन गरेको हो ।

उपाध्यक्षमा धनेन्द्र महत, सचिव राजकुमार रिमाल, सह–सचिव नन्दकुमारी ढकाल रहेका छन् । त्यस्तै सदस्यमा कृष्णगोपाल महर्जन, बिदुर दानी, उर्मिला रानाभाट, तीर्थ थापा लामा, सरिता कार्की र महेश प्याकुरेल चयन भएका छन् । कार्यसमितिले पाँचजना सदस्यलाई पछि मनोनित गर्नेछ ।

नवनिर्वाचित अध्यक्ष चौलागाईंले श्रमिकको ज्याला वृद्धि, स्वास्थ्य बिमालगायतका सामाजिक सुरक्षालाई संरक्षण गरी राज्य व्यवस्थालाई समाजवादतर्फ उन्मुख गराउन भूमिका खेल्ने प्रतिबद्धता जनाए । जिफन्टको काठमाण्डु जिल्लाअन्तर्गत २ सय ९३ प्रतिष्ठान स्तरका कमिटी क्रियाशील छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us