आलममाथिको आक्रमणबाट एमाले डराउँदैनः ओली

काठमाण्डु टुडे २०७० असोज २० गते १५:०७ मा प्रकाशित

भक्तपुर, २० असोज– एमाले स्थायी कमिटी सदस्य केपी ओलीले बारा–४ का आफ्ना उम्मेदवार मोहम्मुद आलममाथि कायरतापूर्ण आक्रमण भएको र KP-Oliत्यस्तो आक्रमणबाट नडराउने बताएका छन् ।
पार्टी सम्वद्ध युवा संघले दसैं र तिहारका अवसरमा आइतबार ललितपुरको कौशलटारमा गरेको कार्यक्रममा ओलीले त्यस्तो आक्रमणबाट एमाले नतर्सने बताए । उनले एमालेका पक्षमा जनलहर देखेर आत्तिएका प्रतिक्रियावादीले आलममाथि आक्रमण गरेको ओलीको भनाइ छ ।

आलममाथिको आक्रमणबाट एमाले आफ्नो विचार, सिद्धान्त तथा शान्ति र लोकतन्त्रप्रतिको प्रतिबद्धताबाट पछि नहट्ने उनले उल्लेख गरे । उनले दोषी पत्ता लगाएर तत्काल कारबाही गर्न र उम्मेदवारहरुको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सरकारसँग माग गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us