
काठमाण्डु, २० असोज – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको शल्यक्रिया गरिएको छ ।
मस्तिष्कमा रक्तश्राव भएका कारण दाहिने हात चलाउने अप्ठेरो भएपछि थापालाई शुक्रबार साँझ न्यूरो अस्पताल भर्ना गरिएको थियो । उनको न्यूरो अस्ततालमा आइतबार सफल शल्यक्रिया गरिएको हो ।
शल्यक्रिया गरेर थापाको मस्तिष्कमा जमेको रगत निकालिएको अबको एक साता चिकित्सकको निगरानीमा अस्पतालमै राखिने बताइएको छ । अस्पतालले आइतबार साँझ जारी गरेको विज्ञप्तिमा उनको सफल सल्यक्रिया भएको उल्लेख छ । राप्रपाका प्रचार प्रचार संयोजक किरण गिरीले उनको अवस्था सामान्य रहेको जानकारी दिए ।