प्रधानसेनापतिको अभिव्यक्तिप्रति रक्षा गम्भीर

काठमाण्डु टुडे २०७० असोज २० गते १५:२४ मा प्रकाशित

काठमाण्डु, २० असोज– प्रधासेनापति गौरवशम्शेर राणाले भारतीय सञ्चार माध्यम ‘टाइम्स अफ इन्डिया’को अनलाइन संस्करणलाई अन्तर्वार्तामा दिएकामा रक्षा मन्त्रालय गम्भीर बनेको छ ।
sinhadurbarप्रधानसेनापति राणाले कुटनीतिक मर्यादाविपरीत अन्तर्वार्तामा दिएको भन्दै रक्षामन्त्रालय गम्भीर बनेको हो । साताव्यापी भारत भ्रमणका क्रममा रहेका प्रधानसेनापति राणाले ‘टाइम्स अफ इन्डिया’को अनलाईन संस्करणलाई ‘चिनियाँ सैनिकबाट भएको आक्रमण रोक्न भारतीय सैनिक सक्षम रहेको’ टिप्पणी गरेका थिए । अरुणाञ्चलस्थित लदाखमा भारत र चीनबीच जारी सिमा विवादको विषयलाई लिएर चण्डिग्रहमा ‘टाइम्स अफ इन्डिया’ का प्रतिनिधिलाई प्रधानसेनापति राणाले यस्तो अन्तर्वार्ता दिएका हुन ।

प्रधानसेनापतिको भनाइ उद्धृत गर्दै अनलाइनले छापेको समाचारमा भनिएको थियो, ‘चिनियाँ सेना तिब्बतीयन मुभमेन्ट मै अल्झिएको छ । यही अवस्थामा चिनियाँ सैनिकले भारत आक्रमण गर्न सक्दैन ।’ प्रधानसेनापति राणालाई उदृत गर्दै अनलाइनले छापेको समाचारले छिमेकी मुलुकबीच रहेको वर्षौं पूरानो कुटनीतिक सम्बन्धलाई गम्भीर असर पर्ने रक्षा स्रोतले बतायो ।

स्रोतले भन्यो, ‘आर्मी चिफले यस्तो अन्तर्वार्ता दिनै मिल्दैन । हामीलाई लाग्छ दिन पनि मिल्दैन । दिएको भए पनि त्यो गलत हो । यसले कुटनीतिक मर्यादामा गम्भीर असर पार्छ । यस विषयप्रति हामी गम्भीर भएका छौं ।’ प्रधानसेनापति राणाले भारतीय सञ्चार माध्यामलाई अन्तर्वार्ता दिएको हो या होइन यसबारे छनबिन गरिनेसमेत रक्षा स्रोतको भनाइ छ । ‘उहाँले अन्तर्वार्ता दिएकै हो या होइन ।

पहिला त त्यो पत्ता लगाउनु प¥यो । त्यस विषयमा हामीले उहाँसँग नै सोधपुछ गर्ने छौं । किनकी यो विषय गम्भीर प्रकृतिको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us