वैद्य मोर्चा दसैं–तिहारलगत्तै आन्दोलनमा जाने

काठमाण्डु टुडे २०७० असोज २० गते १५:१५ मा प्रकाशित

काठमाण्डु, २० असोज– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सम्वद्ध ३३ दलीय मोर्चाले दसैं र तिहारलगत्तै आन्दोलन चर्काउने निर्णय गरेको छ ।
mohanमाओवादी कार्यालय बुद्धनगरमा आइतबार बसेको मोर्चाको बैठकले दसैं तिहारलगत्तै निर्वाचनलाई प्रभावित गर्ने गरी आन्दोलनका कार्यक्रम ल्याउने निर्णय गरेको क्रान्तिकारी कमयुनिष्छ पार्टीका केन्द्रीय सदस्य प्रकाश गौतमले काठमाण्डु टुडेलाई जानकारी दिए ।
मोर्चाले ४ मंसिरमा घोषित संविधानसभा निर्वाचन सशक्त बहिस्कार गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

बैठकले आफूहरुलाई मुख्य चार दलका नेताले नियतवस निर्वाचनमा भाग लिनबाट बञ्चित गरेको निष्कर्षसमेत निकालेको छ । आफूहरु निर्वाचनमा जान सकारात्मक हु“दाहु“दै बाटो बन्द गरेको ठहर बैठकले गरेको छ ।

राष्ट्रिय सहमति बिना बाह्य शक्तिको योजनामा भएको संविधानसभाबाट गठन हुने संविधानसभाले संविधान जारी गर्न नसक्ने बरु मुलुक द्वन्द्वमा फस्ने दाबी मोर्चाको छ । ‘प्रायोजित निर्वाचन जनताको संघीय गणतन्त्रात्मक संविधान निर्माणका लागि नभई निर्वाचनको आवरणमा निरङ्कुशतन्त्र तथा युद्ध थोपर्न हो र मुलुकमा द्वन्द्व बढाएर राष्ट्रिय अस्मितालाई समाप्त गर्नु हो’, मोर्चाका तर्फबाट माओवादी सचिव देव गुरुङले जारी गरेको विज्ञिप्तमा भनिएको छ ।’

चाडपर्वका बेला आन्दोलनको कुनै कार्यक्रम नगर्ने भए पनि पहिलो संविधानसभाको असफलताबारे समीक्षा नगरी गरिएको संविधानसभाको दोस्रो निर्वाचनको औचित्य नरहेको विषयमा घरदैलो, पर्चा वितरण अन्तरक्रिया जस्ता कार्यक्रम गरिने जानकारी गौतमले दिए ।

उनले मुख्य दलले मुलुकको राष्ट्रिय राजनीतिक प्रक्रियाबाट बञ्चित गर्न खोजे पनि एजेण्डाका आधारमा आफूहरु माथि परेको निष्कर्ष बैठकले निकालेको उल्लेख गरे । मुख्य चार दलले डराएर निर्वाचनमा नेपाली सेनाको प्रयोग गर्न खोज्नु नै आफूहरुको जितको संकत भएको दाबी मोर्चाको छ ।

प्रधानसेनापतिमाथि कारबाहीको माग
मोर्चाले प्रधानसेनापति गौरव शमशेर राणाले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
मोर्चाले राणाले कुटनीतिक मर्यादाविपरीत अमर्यादित अभिव्यक्ति दिएकाले उनीमाथि कारबाहीको माग गरेको छ । राणाले भारत भ्रमणका क्रममा चीनले भारतमाथि हस्तक्षेप गर्न नसक्ने अभिव्यक्ति दिएका थिए ।

‘प्रधानसेनापतिले कुटनीतिक मर्यादाविपरित जसरी अभिव्यक्ति दिएका छन्, नेपाल सरकारले त्यस्तो अमर्यादित अभिव्यक्ति दिने प्रधानसेनापतिमाथि कारबाही गर्नुपर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us