
कपिलवस्तु, २१ असोज– पूर्वपश्चिम राजमार्ग अन्तरगत कपिलवस्तुको वाणगंगामा माइक्रो बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अन्य १५ जना घाइते भएका छन् ।
मनकामना मन्दिर दर्शन गरेर दाङ फर्किने क्रममा बा २ ख १५९१ नम्बरको बस पुलबाट वाणगंगा नदीमा खस्दा तुल्सीपुर नगरपालिकाकी ३९ बर्षीया सीता डाँगीको मृत्यु भएको हो । उनको उपचारको क्रममा युनिटी अस्पताल जितपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भिर घाईते भएकी दाङकी ३५ वर्षीया आशा खड्का र ११ बर्षीय निरज डाँगीलाई थप उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर लगिएको छ । अन्य घाईतेहरुको भने युनिटी अस्पताल जितपुरमै उपचार भैरहेको छ ।
तिव्र गतीका कारण अनियन्त्रित भई माइक्रोबस पुलबाट नदीमा खसेको प्रहरीले जनाएको छ ।