
काठमाण्डु, १९ असोज– काठमाण्डुको थापाथलीमा एक युवक मृत फेला परेका छन् ।
थापाथलीस्थित बागमती पुलमा अन्दाजी ३० वर्षीय पुरुषको शव भेटिएको महानगरीय प्रहरी महाशाखाले जनाएको छ ।
जनजाति मुलका ती व्यक्तिलाई कसैले हत्या गरेर फालेको हुन सक्ने आशंका गरिएका छ । यद्यपि, पोष्टमार्टमा रिपोर्ट नआएसम्म घटनाबारे केही बोल्न नसकिने प्रहरीको भनाइ छ ।
शव पोष्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ । बेवारिसे शव देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।