राप्रपा अध्यक्ष थापा अस्वस्थ, अस्पताल भर्ना

काठमाण्डु टुडे २०७० असोज १९ गते ८:५६ मा प्रकाशित

काठमाण्डु, १९ असोज– पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापा अस्वस्थ भएका छन् ।
surya bahadur thapaनसासम्बन्धी समस्या देखिएपछि उनलाई उपचारार्थ काठमाण्डुको बाँसबारीस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको छ । राप्रपा प्रचार विभाग सह–संयोजक किरण गिरीले जानकारी दिए । अध्यक्ष थापाको उपचारमा वरिष्ठ न्यूरोसर्जन देवकोटा नेतृत्वको टोली सक्रिय छ ।

उनलाई केही दिन अस्पतालमै राखेर उपचार गराउनुपर्ने चिकित्सकले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us