
काठमाण्डु, १९ असोज– एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादी शक्ति आफ्नो पार्टी नेतृत्वलाई बदनाम गराउन लागिपरेको बताएका छन् ।
चुनावी प्रचार–प्रसारका लागि पार्टी केन्द्रीय प्रचार विभागले सुरु गरेको कृष्ण सेन समाचार सेवाको शनिबार पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडााडामा उद्घाटन गर्दै उनले आफ्नो पार्टीलाई निर्वाचनमा पछि पार्ने उद्देश्यका साथ गलत प्रचार भइरहेको बताए ।
‘ प्रतिक्रियावादीहरुले हाम्रो पार्टी नेतृत्वविरुद्ध हिटलरको प्रचारमन्त्री गोयबल्सको शैलीमा झुठा प्रचार गरिरहेका छन्’, प्रचण्डले भने, ‘ यसमा नेतृत्वलाई बदनाम गराएर निर्वाचनमा पछि पार्ने उनीहरुको उद्धेश्य छ ।’ उनले प्रतिक्रियावादीका झुटो प्रचार चिर्न आफूहरुले जनतामा सत्य प्रचार गर्ने उल्लेख गरे ।
कार्यक्रममा थारु कल्याणकारिणी सभाका अध्यक्ष चन्द्रकुमार चौधरी एकीकृत माओवादी प्रवेश गरेका थिए । उनलाई प्रचण्डले टीका लगाएर स्वागत गरे ।