प्रत्यक्ष उम्मेदवारविरुद्ध दाबी विरोध आज

काठमाण्डु टुडे २०७० असोज १९ गते ६:१५ मा प्रकाशित

काठमाण्डु, १९ असो– आगामी ४ मंसिरमा हुने संविधानसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दिएकामाथि आज दाबी विरोध हुँदैछ ।
election commition of nepalबिहान १० देखि साँझ ५ बजेसम्म कार्यालय समयमा सम्वन्धित जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । देशभरका २ सय ४० वटै निर्वाचन क्षेत्रमा बिहीबार विभिन्न दल र स्वतन्त्र गरी करिब ६ हजार पाँच सयले उम्मेदवारी दएका थिए ।

आज दाबी विरोध गर्ने, आइतबार उम्मेदावरी र दाबी विरोधउपर छानबिन गर्ने र सोमबार अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन आयोगको कार्यतालिका छ । आयोगले आजै समानुपातिकतर्फको बन्दसूची सच्चाउन दलहरुलाई सूचित गर्ने छ ।

आगामी २५ असोजसम्म उम्मेदावारी सच्याउन सकिने र असोज ३० देखि कात्तिक पाँच गतेसम्म उम्मेदवारको बन्दसूची संशोधन गरी कात्तिक ६ गते समानुपातिक उम्मेदवारको बन्दसूची प्रकाशित गर्ने कार्यतालिका छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us