उम्मेदवार सुरक्षाका लागि विशेष योजना ल्याउने तयारी

काठमाण्डु टुडे २०७० असोज १९ गते ८:३८ मा प्रकाशित

sinhadurbarकाठमाण्डु, १९ असोज– एमाले बारा–४ का उम्मेदवार मोहम्मुद आलममाथिको आक्रमणपछि सरकार निर्वाचन सुरक्षाका लागि विशेष सुरक्षा योजना ल्याउने तयारीमा जुटेको छ ।
गृह प्रशासनले उम्मेदवार सुरक्षाका लागि विषेश सुरक्षा योजना ल्याउने गरी छलफल थालेको छ ।

आज शनिबार भएपनि गृहमन्त्री माधव घिमिरेले सुरक्षा योजनाबारे विज्ञ र सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् । यसअघि निर्वाचन आयोगले शुक्रबार विज्ञप्ति निकालेर जनता र उम्मेदवारलाई सुरक्षाबारे आश्वस्त तुल्याउने गरी सुरक्षा व्यवस्था सुदृढ बनाउन सरकारलाई निर्देशन दिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us