राजनीति

वैद्यको प्रतिवेदनमा आज पनि छलफल

२०७० मंसिर २५ गते ३:१५

काठमाण्डु, २५ मंसिर– नेकपा–माओवादीको जारी केन्द्रीय कमिटी बैठकमा मंगलबार पनि अध्यक्ष मोहन वैद्यको राजनीतिक प्रतिवेदनमा छलफल हुने भएको छ । पार्टीको आगामी कार्ययोजना समेटिएको राजनीतिक प्रस्तावमा समूहगत छलफलका साथै केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम पनि जारी रहने माओवादीले जनाएको छ । अध्यक्ष वैद्यको राजनीतिक...

एमाले केन्द्रीय कमिटी बैठक जारी

२०७० मंसिर २५ गते ३:०५

काठमाण्डु, २५ मंसिर–समानुपातिक सभासदको सूची तयार पार्न नेकपा एमालेको केन्द्रीय कमिटी बैठक मंगलबार पनि बस्दै छ । बैठकबाट सभासद छनौटको मापदण्ड बनाएर सूची तयार पार्ने एमालेले जनाएको छ । सचिव युवराज ज्ञवालीले दिउँसो एक बजे बस्ने बैठकमा सभासद छनोट, आगामी महाधिवेशन, अध्यक्ष झलनाथ खनालको...

माओवादीका कार्यकर्ता धरौटीमा रिहा

२०७० मंसिर २५ गते २:३०

चितवन २५ मंसिर– चितवनको नारायणगढ–मुग्लीन सडक खण्डको कविलासमा गुडीरहेको बसमा पेट्रोल बम प्रहार गरेको अभियोगमा पक्राउ परेका नेकपा–माओवादीका एक कार्यकर्तालाई जिल्ला अदालत चितवनले धरौटीमा रिहा गरेको छ । गत कात्तिक २६ गते सो घटनामा संलग्न भएको अभियोगमा पक्राउ परेका शक्तिखोरका २८ वर्षीय छलाङ उपनामका...

माधव नेपाललाई अदालतमा हाजिर हुन अल्टिमेटम

२०७० मंसिर २४ गते १४:१६

काठमाण्डु, २४ मंसिर– रौतहट–१ को निर्वाचनमा धाँधली गरेको आरोपसहित परेको उजुरीमा संविधानसभा अदालतले एमालेका नेता माधवकुमार नेपाललाई १० दिनभित्र संविधान संविधानसभा अदालतमा उपस्थित हुन आदेश जारी गरेको छ । सो अदालतका अध्यक्ष कल्याण श्रेष्ठ तथा सदस्य सुशीला कार्कीको इजलासले नेता नेपालका साथै निर्वाचन आयोग,...

कमल थापालाई रोक लगाउँदै राप्रपा नेपालका युवाहरुद्वारा आगजनी

२०७० मंसिर २४ गते १३:२४

हेटौंडा, २४ मंसिर– मकवापुरबाट पनि समानुपातिक सभासद पर्नुपर्ने माग गर्दै राप्रपा नेपाल मकवानपुरका युवाहरुले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी तथा आगजनी गरेका छन् । राप्रपा नेपालका भातृ संगठन राष्ट्रिय युवा मोर्चाका युवाहरुले पार्टी अध्यक्ष कमल थापाले निर्वाचन अघि जनाएको प्रतिवद्धताअनुसार मकवानपुरबाट सभासद नबनाएको भन्दै थापालाई...

एमाले बैठकमा महाधिवेशनको कुरा

२०७० मंसिर २४ गते १०:५२

काठमाण्डु, २४ मंसिर– सोमबारदेखि सुरु भएको एमालेको केन्द्रीय कमिटीको बैठकमा पार्टीको नवौं महाधिवेशनका विषय उठेको छ । समानुपातिकका सभासद चयनको मापदण्ड बारे छलफल गर्दै एमालेले महाधिवेशन मिति तय गर्नुपर्ने विषयमा छलफल भएको हो । सोमबार दिउँसो केहीबेरका लागि बैठक स्थगन भएको बेला बैठकबारे पत्रकारलाई...

काँग्रेसले समानुपातिक सभासदको नाम दिने थप समय माग्यो

२०७० मंसिर २४ गते १०:२०

काठमाण्डु, २४ मंसिर– काँग्रेसले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत विजयी उम्मेदवारको नाम निर्वाचन आयोगसमक्ष पेस गर्ने समयावधि पाँच दिन थप गरिदिन निर्वाचन अयोगसँग आग्रह गरेको छ । काँग्रेसमा सभासद चयनका मापदण्ड बनाउनसो आग्रह गरेको हो । काँग्रेसका उपासभापति रामचन्द्र पौडेलसहित वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री कृष्णप्रसाद...

पदमा बस्ने चाहना छैनः उपराष्ट्रपति

२०७० मंसिर २४ गते ८:५३

काठमाण्डु, २४ मंसिर । उपराष्ट्रपति परमानन्द झाले पदमा बसिरहने आफ्नो चहाना नभएको भन्दै संविधान निर्माण चाहना भएको बताएका छन् । उनले भने, ‘राष्ट्रपति, उपराष्ट्रपतिको कार्यकाल लम्बिन्छ भन्ने त्रासभन्दा पनि संविधान बनाउनु नै प्रमुख काम हो, यो पदमा लम्बिएर बस्ने हाम्रो चाहना छैन ।’ आफ्नै...

संविधानसभामा महिला सहभागितामा जोड

२०७० मंसिर २४ गते ६:०४

नेपालगन्ज, २४ मंसिर–अधिकारकर्मीहरुले संविधानसभा गठनमा महिला सहभागिता बढाउने मात्र नभई महिलाका विषय उठाउन पनि त्यत्तिकै आवश्यक भएकोमा जोड दिएका छन् । सञ्चारिका समूहले सोमबार बाँकेको नेपालगन्जमा गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीले महिलालाई नेतृत्व तहमा स्थापित नगरुन्जेलसम्म महिला सशक्तीकरण हुन नसक्नेतर्फ ध्यानाकर्षण गराएका हुन् । ‘संविधानसभामा...

एमाओवादी सहित १६ दलले समानुपातिक सभासदको सूची नबुझाउने

२०७० मंसिर २४ गते ३:१४

काठमाण्डु, २४ मंसिर– एकीकृत नेकपा माओवादीसहितका १६ दलले आफ्नो पार्टीको तर्फबाट समानुपातिक सभासदहरुको नामावली निर्वाचन आयोगमा नबुझाउने निर्णय गरेको छ । मंसिर चार गते भएको दोस्रो संविधानसभा निर्वाचनमा भएको धाँधली छानविनकालागि उच्चस्तरीय आयोग गठन नभएसम्म संविधानसभा बहिस्कार गर्ने बैठकले निर्णय गरेको हो । बैठकपछि...

समानुपातिक सभासद छान्न दलहरु व्यस्त

२०७० मंसिर २४ गते ३:०७

काठमाण्डु, २४ मंसिर–निर्वाचन आयोगमा बुझाउने समानुपातिक तर्फका सभासदहरुको नामावली छनोट गर्न राजनीतिक दलहरु आन्तरिक छलफलमा जुटेका छन् । निर्वाचन आयोगले मंगलबारभित्र समानुपातिक सभासदहरुको सूची बुझाउन भनेकाले दलहरु विहानैदेखि छलफलमा व्यस्त भएका हुन् । नेपाली काँग्रेस, नेकपा एमाले, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, नेकपा माले लगायत...

फुजेल प्रकरणका पौडेलमाथि दुई माओवादीको दाबी

२०७० मंसिर २३ गते १३:५५

चितवन, २३ मंसिर– जिप्रका चितवनले पक्राउ गरेको पौडेललाई दुवै माओवादीले आफ्नो कार्यकर्ता भएको भन्दै रिहाइको माग गरेका छन् । अजिव उपनामबाट चिनिने भरतपुर नगरपालिका–९ शरदपुर घर भएका पौडेल पार्टी एक हुँदा बुद्धिजीवी संगठनका जिल्ला सदस्य थिए । दुवै माओवादीले पक्राउ लगतै छुट्टाछुट्टै विज्ञप्ति जारी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us