मोटरसाइकलमा पहिरो खस्दा श्रीमानको मृत्यु, श्रीमती घाइते

काठमाण्डु टुडे २०८२ असार २४ गते २१:४७ मा प्रकाशित

पाल्पा, २४ असार– सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबामा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ ।

तिनाउ गाउँपालिका–३ हेडबक्स नजिकै सडक माथिबाट पहिरो खस्दा दुर्घटना भएको प्रहरी चौकी दोभानका प्रहरी नायब निरीक्षक (सई) रूम केसीले बताए ।

केसीका अनुसार मृत्यु हुनेमा पाल्पाको रामपुर नगरपालिका–६ तालपोखराका ३६ वर्षीय जनक भण्डारी छन् ।

बुटवलबाट पाल्पा जाँदै गरेका भण्डारी सवार लु५१प ६६३३ नम्बरको मोटरसाइकलमा पहिरो खसेको थियो । मोटरसाइकल पछाडि सवार भण्डारीकी पत्नी २९ वर्षीया कल्पना चापागाईं घाइते छिन् । बुटवलस्थित अस्पतालमा भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us