कीर्तिपुरको होल्डिङ सेन्टरबाट एक सुकुम्वासी पक्राउ

काठमाण्डु टुडे २०८३ असार १५ गते १५:३१ मा प्रकाशित

काठमाण्डू, १५ असार– विभिन्न स्थानका अव्यवस्थित बसोबासीलाई राख्नका लागि कीर्तिपुरमा बनाइएको अस्थायी बासस्थल (होल्डिङ सेन्टर) बाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

होल्डिङ सेन्टरमा सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोपमा भोजपुरजिल्ला, अरुण गाउँपालिकाका ३९ वर्षीय डम्मर तामाङ लाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार उनलाई सार्वजनिक शान्ति खलल पार्ने कसुर गरेको मुद्दामा अनुसन्धानका लागि म्याद थप्न जिल्ला अदालतमा पेश गरिएको छ ।

काठमाण्डू महानगरपालिकाले होल्डिङ सेन्टर छोडेर अन्यत्र जानका लागि सुविधा सहित अनुरोध गरेको विषयलाई अतिरन्जित गर्दै तामाङले त्यहाँका बसोबासीको शान्तिपूर्वक बस्न पाउने अधिकार पनि खलल गरेको प्रहरीको आरोप छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us