
काठमाण्डु, २५ मंसिर–समानुपातिक सभासदको सूची तयार पार्न नेकपा एमालेको केन्द्रीय कमिटी बैठक मंगलबार पनि बस्दै छ । बैठकबाट सभासद छनौटको मापदण्ड बनाएर सूची तयार पार्ने एमालेले जनाएको छ ।
सचिव युवराज ज्ञवालीले दिउँसो एक बजे बस्ने बैठकमा सभासद छनोट, आगामी महाधिवेशन, अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रस्ताव लगायत विषयमा छलफल जारी हुने जानकारी दिए ।
समानुपातिक सभासद छनोटको विषयलाई लिएर एमाले शीर्ष नेताहरुबीच विवाद छ । अध्यक्ष खनाल, नेताहरु माधव नेपाल र केपी ओली पक्षले आ–आफ्ना पक्षका धेरै नेताहरुलाई सभासदमा सिफारिस गर्नुपर्ने पक्षभा रहेपछि विवाद देखिएको हो ।
एमालेले ८४ जना समानुपातिक सभासद चयन गर्नुपर्ने छ ।