रास्वपा झापाको सभापतिमा भण्डारी

काठमाण्डु टुडे २०८३ जेठ २४ गते १४:०५ मा प्रकाशित

काठमाण्डू,२४ जेठ– राष्ट्रिय स्वतन्त्र पार्टी झापाको सभापतिमा ओमनाथ भण्डारी विजयी भएका छन । हिजो (शनिबार) सम्पन्न पहिलो जिल्ला अधिवेशनबाट भण्डारी सभापतिमा विजयी भएका हुन् ।

उनले ३४१ मत प्राप्त गर्दै विजयी भएका हुन । सभापतिका उम्मेदवार लक्ष्मण बस्नेतले २४७ मत र अर्जुनकुमार मैनालीले २५ मत प्राप्त गरे । जिल्ला समितिको उपसभापतिमा पुष्पलाल ढकाल निर्वाचित भएका छन् ।

ढकाल २१० मतसहित विजयी हुँदा शान्ता तामाङले १९८ मत, लिला खड्काले १११ मत र देव संग्रौलाले ९३ मत प्राप्त गरे । सचिवमा विरोध सुवेदी, सहसचिवमा भिमबहादुर कुँवर विजयी भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us