एमाले नेता मंगलप्रसाद गुप्ताको निधन

काठमाण्डु टुडे २०८३ जेठ २४ गते १५:३७ मा प्रकाशित

काठमाण्डू,२४ जेठ– कपिलवस्तु–३ का पूर्वसांसद एवं एमाले नेता मंगलप्रसाद गुप्ताको निधन भएको छ । ‘मंगल चाचा’को नाममा परिचित नेता गुप्ताको भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा हृदयघातपछि उपचारको क्रममा आइतबार बिहान निधन भएको एमाले पूर्वकेन्द्रीय सदस्य सुशील श्रीवास्तवले जानकारी दिएका छन ।

८० वर्षीय गुप्ता लामो समयदेखि राजनीतिमा सक्रिय रहँदै आएका थिए । गुप्ताले २०४३ सालमा पञ्चायती व्यवस्था हुँदा पहिलोपटक उम्मेदवारी दिएका थिए ।

त्यसपछि २०५६ मा कांग्रेस, २०७० मा तमलोपा, २०७४ मा संघीय समाजवादी फोरमबाट उम्मेदवार बने पनि पराजित भएका थिए । २०७९ सालको निर्वाचनमा भने कपिलवस्तु क्षेत्र नम्बर–३ बाट सांसद जितेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us