काँग्रेसले समानुपातिक सभासदको नाम दिने थप समय माग्यो

काठमाण्डु टुडे २०७० मंसिर २४ गते १०:२० मा प्रकाशित

Nepali-Congress-Flag1315101735काठमाण्डु, २४ मंसिर– काँग्रेसले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत विजयी उम्मेदवारको नाम निर्वाचन आयोगसमक्ष पेस गर्ने समयावधि पाँच दिन थप गरिदिन निर्वाचन अयोगसँग आग्रह गरेको छ । काँग्रेसमा सभासद चयनका मापदण्ड बनाउनसो आग्रह गरेको हो ।

काँग्रेसका उपासभापति रामचन्द्र पौडेलसहित वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री कृष्णप्रसाद सिटौला र प्रचार विभागका प्रमुख डा मीनेन्द्र रिजालसहितको प्रतिनिधिमण्डलले प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीसहित आयुक्त दोलखबहादुर गुरुङ, डा रामभक्त पिभी ठाकुर र इला शर्मालाई भेटी सो आग्रह गरेका हुन् ।

भेटपछि उपसभापति पौडेलले असन्तुष्ट दललाई संविधानसभामा सँगै लिएर जान वार्ता र संवादको कार्य अगाडि बढिरहेको बताउँदै भने, ‘यसका लागि आयोगसमक्ष समानुपातिक निर्वाचनका विजयी उम्मेदवारको नामावली आयोगसमक्ष प्रस्तुत गर्ने समयावधि पाँच दिन बढाइदिन माग गरिएको हो ।’

त्यस्तै प्रमुख निर्वाचन आयुक्त नलकण्ठ उप्रेतीले भने मंगलबारसम्म सबै दलले विजयी उम्मेदवारको नामावली आयोगमा पेस गर्ने विश्वास व्यक्त गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललगायत केही दलले आफ्ना विजयी उम्मेदवारको नामावली आयोगसमक्ष प्रस्तुतसमेत गरिसकेका छन् । सो निर्वाचन प्रणालीअन्तर्गत बन्दसूचीबाट दलले विजयी उम्मेदवारको नामावली यही मङ्सिर २५ गतेसम्म प्रस्तुत गर्न आयोगले दललाई समयावधि दिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us