रास्वपा गुल्मीको सभापतिमा हरि श्रेष्ठ निर्वाचित

काठमाण्डु टुडे २०८३ जेठ २४ गते १३:३६ मा प्रकाशित

काठमाण्डू,२४ जेठ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गुल्मीको सभापतिमा हरि श्रेष्ठ निर्वाचित भएका छन । हिजो (शनिबार) भएको पहिलो अधिवेशनबाट भएको निर्वाचनको मत परिणाम अनुसार, श्रेष्ठ सभापतिमा निर्वाचित भएका हुन् ।

त्यस्तै, उपसभापतिमा प्रगति राना मगर तथा सचिवमा देवराज पाण्डे निर्वाचित भएका छन् । सह–सचिवमा भने सागर पाण्डे निर्विरोध निर्वाचित भएका थिए ।

कोषाध्यक्ष भने पछि मनोनयन गरिने जानकारी निवर्तमान जिल्ला सभापति भोजराज पाण्डेले दिएका छन् । जिल्ला समितिका सदस्यहरूमा माया जिसी, देबिका राना, प्रेमबहादुर सुनार, भागवत गिरी, दीक्षा भण्डारी, असिम भण्डारी र तुलसा पोख्रेल चयन भएका छन् ।

पदाधिकारीसँगै सदस्य पदका लागि पनि मतदान भएको थियो । पार्टीको विधानअनुसार जिल्ला समिति ११ सदस्यीय रहने व्यवस्था छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us