संविधानसभामा महिला सहभागितामा जोड

काठमाण्डु टुडे २०७० मंसिर २४ गते ६:०४ मा प्रकाशित

biccनेपालगन्ज, २४ मंसिर–अधिकारकर्मीहरुले संविधानसभा गठनमा महिला सहभागिता बढाउने मात्र नभई महिलाका विषय उठाउन पनि त्यत्तिकै आवश्यक भएकोमा जोड दिएका छन् । सञ्चारिका समूहले सोमबार बाँकेको नेपालगन्जमा गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीले महिलालाई नेतृत्व तहमा स्थापित नगरुन्जेलसम्म महिला सशक्तीकरण हुन नसक्नेतर्फ ध्यानाकर्षण गराएका हुन् ।

‘संविधानसभामा महिला सहभागिता र लैङ्गिक मुद्दा’ विषयक कार्यक्रममा समूहका क्षेत्रीय अध्यक्ष सिर्जना आचार्यले विषयगत अवधारणापत्र प्रस्तुत गर्दै महिलालाई राजनीतिक दलले दया होइन अधिकार दिँदै महिला–पुरुष समविकासलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने बताइन् । त्यस अवसरमा नवनिर्वाचित सभासद् दिनेशचन्द्र यादव, अधिवक्ता विश्वजित तिवारी, अधिकारकर्मी मुरारी खरेललगायतले महिला अधिकारको आन्दोलन सबैको साझा विषय बन्नुपर्ने धारणा राखेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us