वैद्यको प्रतिवेदनमा आज पनि छलफल

काठमाण्डु टुडे २०७० मंसिर २५ गते ३:१५ मा प्रकाशित

cpn-maoistकाठमाण्डु, २५ मंसिर– नेकपा–माओवादीको जारी केन्द्रीय कमिटी बैठकमा मंगलबार पनि अध्यक्ष मोहन वैद्यको राजनीतिक प्रतिवेदनमा छलफल हुने भएको छ । पार्टीको आगामी कार्ययोजना समेटिएको राजनीतिक प्रस्तावमा समूहगत छलफलका साथै केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम पनि जारी रहने माओवादीले जनाएको छ ।

अध्यक्ष वैद्यको राजनीतिक प्रतिवेदनमा एमाओवादीका उम्मेदवारलाई चुनावमा हराउन आफ्नै पार्टीका केही नेताहरुले पैसा खाएकोले त्यसको छानविन गर्नुपर्ने लगायत बुँदा उल्लेख छन् ।

संविधानसभा विघटन गरी सर्बपक्षीय राजनीतिक सम्मेलन मार्फत् राष्ट्रिय सरकार गठनको माग गर्दै आएको माओवादीले केन्द्रीय कमिटी बैठकबाट आगामी कार्ययोजना तय गर्ने छ । संविधानसभा निर्वाचन बहिस्कार गरेर पार्टीले ठीक गरेको माओवादीले निष्कर्ष निकालेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us