काठमाण्डु, २२ मंसिर– नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले आफ्नो पार्टी नागरिक समाज नभई राजनीतिक पार्टी भएको भन्दै केही सिट दिएर संविधानसभा प्रवेश गराउने कुराको आपत्ति जनाएका छन् । उनले भने, ‘हाम्रो पार्टी नागरिक समाज हो र ? २६ सिट दिने ?’ गजुरेलले संविधानसभाबाटै संविधान जारी...
काठमाण्डु, २२ मङ्सिर–प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एवम् काठमाण्डु उपत्यका सडक विस्तार उच्चस्तरीय अनुगमन समितिका संयोजक कृष्णहरि बास्कोटाले विस्तारित बाटोको काम युद्धस्तरमा पूरा गर्न सम्बद्ध पक्षलाई निर्देशन दिएका छन । विस्तारित सडकको अनुगमनपछि उनले समयमा काम पूरा नगर्ने, ढिलासुस्ती गर्नेलाई कालोसूचीमा राखेर कारबाही अघि...
काठमाण्डु, २२ मङ्सिर–नवनिर्वाचित सभासद् एवम् संविधानसभाका पूर्व अध्यक्ष सुवास नेम्वाङले लोकतन्त्रका उपलब्धिलाई संस्थागत गर्ने सङ्घर्ष जारी रहेको बताएका छन । अमेरिकी सरकारको अन्तर्राष्ट्रिय आगन्तुक नेतृत्व कार्यक्रम (आइभिएलपी) मा सहभागी भई स्वदेश फर्केका मुलुकका विभिन्न व्यावसायिक क्षेत्रका व्यक्तिहरूको सङ्गठन आइभि अलुम्नाई एसोसिएसन नेपाल(आइभान)ले शनिवार आयोजना...
काठमाण्डु, २२ मंसिर– कॉग्रेस महामन्त्री प्रकाशमान सिंहले संविधानसभा निर्वाचन परिणामप्रति असन्तुष्ट एकीकृत माओवादीलाई अदालत जान सुझाव दिएका छन् । राजधानीमा शनिबार भएको एक कार्यक्रममा सिंहले निर्वाचनमा धाँधली भएको भन्ने आरोप लगाउनेले त्यसलाई पुष्टि गर्ने आधार दिन सक्नुपर्ने बताए । धाँधलीबारे जनतामा अनावश्यक अफवाह फलाउन...
काठमाण्डु, २२ मंसिर– राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे विवाद भएपछि काँग्रेस र एमाले समान धारणा कायम गर्ने प्रयासमा जुटेका छन् । त्यसका लागि आज दुई दलका शीर्ष नेताको बैठक बस्न लागेको छ । दिउँसो तीन बजेपछि बस्ने बताइएको बैठकको स्थान भने खुलाइएको छैन । बैठकमा...
काठमाण्डु,२२ मङ्सिर–एकीकृत नेकपा (माओवादी)लगायतका विभिन्न १६ राजनीतिक दलले संविधानसभा निर्वाचनमा भएको धाँधलीको छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र छानबिन आयोग गठन गर्नुपर्ने माग पुनः दोहोयाएको छ । एकीकृत नेकपा (माओवादी)लगायतका विभिन्न १६ राजनीतिक दलका तर्फबाट गठन गरिएको कार्यदलको शुक्रवार बसेको बैठकले संविधानसभा निर्वाचनको विश्वसनीयतामाथि उठेको प्रश्नलाई...
सिरहा, २१ मंसिर– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभा निर्वाचनमा भएको धाँधलीबारे छानविन गर्नुपर्ने आफूहरुको माग सुनुवाई नभए सडक संघर्षमा उत्रने चेतावनी दिएका छन् । संविधानसभा निर्वचनमा आफू विजयी भएको सिरहा–५ का मतदातालाई धन्यवाद दिन पुगेका उनले देशी विदेशी प्रतिक्रियावादी शक्ति र सुरक्षा...
काठमाण्डु, २१ मंसिर– संविधानसभा निर्वाचनबाट सबैभन्दा ठूलो दलका रुपमा स्थापित भएको नेपाली काँग्रेसले राष्ट्रिय सहमति निर्माणका लागि अन्य दलसँग वार्ता थाल्ने निर्णय गरेको छ । शुक्रबार बसेको पार्टी संसदीय बोर्ड बैठकले सरकार गठन र एक वर्षभित्र संविधान निर्माणका लागि संविधानसभामा प्रतिनिधित्व गर्ने अन्य दलसँग...
काठमाण्डु, २१ मंसिर– राष्ट्रिय जनमोर्चाले पार्टीका तर्फबाट समानुपातिक सभासद सिफारिस गरेको छ । राजधानीमा बिहीबार र शुक्रबार बसेको केन्द्रीय समिति बैठकले पार्टीले पाउने तीन सिटमा चित्रबहादुर केसी, दुर्गा पौडेल र मिना पुनलाई सिफारिस गरेको हो । केसी जनमोर्चाका अध्यक्ष, पौडेल नेकपा मसालका महामन्त्री मोहनविक्रम...
काठमाण्डु, २१ मंसिर– समानुपातिक सभासद चयनमा विवाद भएपछि एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । स्थायी कमिटी बैठकमा नामावली चयनमा सहमति नभएपछि आउँदो मंसिर २४ गते केन्द्रीय कमिटी बैठक बोलाइएको हो । शुक्रबार बसेको स्थायी कमिटी बैठकले सभासद छनोटको मापदण्ड तयार गरेको छ ।...
काठमाण्डु २१ मङ्सिर–मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले अब चाँडै नै संविधानसभाको अधिवेशन प्रारम्भ भई नयाँ सरकारको गठन तथा संविधान निर्माणले गति लिने विश्वास व्यक्त गरेका छन । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको चौथो प्राज्ञसभा एवम् कला प्रदर्शनी २०७० को उद्घाटन गर्दै अध्यक्ष रेग्मीले भने “स्वच्छ, निष्पक्ष...
काठमाण्डु, २१ मंसिर–राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले उठाउँदै आएको हिन्दू राष्ट्र र राजासहितको प्रजातन्त्रको मागमा सम्झौता हुन सक्ने बताएका छन् । रिपोर्टर्स क्लवले राष्ट्रिय सहमतिको वातावरण बनाउन सुरु गरेको दबाब अभियानअन्तर्गत शुक्रबार सञ्चारकर्मीसँगको कुराकानीमा थापाले सहमति र सम्झौताबाट अघि बढ्न तयार रहेको...