काठमाण्डु, १९ मंसिर- मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारमाथि किर्ते गरेको आरोपसहित उजुरी परेपछि संविधानसभा अदालतले उनलाई १० दिनभित्र उपस्थित हुन आदेश दिएको छ । बिहिबार अदालतका अध्यक्ष क्ल्याण श्रेष्ठ र सदस्यहरु सुशीला कार्की र गिरिशचन्द्र लालको संयुक्त इजलासले सो आदेश दिएको हो...
काठमाण्डु, २० मंसिर– काँग्रेस सभापति सुशील कोइरालाले एमाले अध्यक्ष झलनाथ खनाललाई भेटी राष्ट्रपति र उपराष्ट्रपतिको चयनवारे बखेडा नझिक्न आग्रह गरेका छन् । खनाल निवास डल्लु पुगेका कोइरालाले खनाललाई नयाँ संविधान बनेपछि मात्रै राष्ट्रपति र उपराष्ट्रपति फेर्नेबारे सोच्न सक्ने बताएका थिए । खनालसँगको भेटपछि कोइरालाले...
इटहरी, २० मङ्सिर–नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय अध्यक्ष नगेन्द्र कुमालले भर्खरै सम्पन्न संविधानसभाको निर्वाचनमा आदिवासी जनजातिको हार भएको भनी केही दलका नेताले भन्दै हिँडेकामा आपत्ति जनाएका छन । उनले सुनसरीको धरानमा पत्रकारसँगको कुराकानीका क्रममा आदिवासी जनजातिले उठान गरेको पहिचान, समानता, समावेशीता, धर्मनिरपेक्षता, सङ्घीयता, लोकतन्त्र,...
काठमाण्डु,२० मङ्सिर–नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले काँग्रेसले अवलम्बन गरेको खुला आर्थिक नीतिका कारण मुलुकको आर्थिक अवस्थामा सुधार आउन थालेको बताएका छन । कोइराला निवासमा बिहिवार भएको आर्थिक पत्रकार समाज (सेजन) सँगको भेटघाटमा उनले बढ्दो बेरोजगारी हटाउनका लागि प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताए । संविधान...
काठमाण्डु, २० मंसिर–अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री शंकरप्रसाद कोइरालाले जटिल, झन्झटिलो र खर्चिलोका कारण भूपरिवेष्ठित देशका उत्पादन प्रतिस्पर्धी बन्न नसकेको बताएका छन् । इन्डोनेसियाको बालीमा भूपरिवेष्ठित राष्ट्रहरुको बैठकलाई विहीबार विहान सम्बोधन गर्दै मन्त्री कोइरालाले यस्तो अवस्था भोगिरहेका मुलुकहरुको व्यापार सहजीकरण गर्न पारवहनमा सुधार...
काठमाण्डु, २० मंसिर–नेपाली काँग्रेसका सभापति सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष झलनाथ खनालबीच सरकार गठन लगायतका विषयमा विहीबार छलफल भएको छ । एमालेले ताजा जनादेश अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको चयन हुनु पर्ने बताएको र काँग्रेसले त्यसलाई अस्वीकार गरिरहेको बेला भएको दुई शीर्ष नेताहरुको भेटवार्तालाई...
काठमाण्डु, २० मंसिर– नेकपा एमालेले समानुपातिक सभासद छनौटको गृहकार्य जारी राखेको छ । सभासद छनौटको लागि विहीबार पनि स्थायी कमिटी बैठक बस्दै छ । पार्टी मुख्यालय बल्खुमा दिउँसो बस्ने बैठकले सभासद छनोटको मापदण्ड तयार पारेर योग्य व्यक्ति चयन गर्ने उपाध्यक्ष बामदेव गौतमले जानकारी दिए...
काठमाण्डु, २० मंसिर– न्यायाधीश नियुक्ति लगायत विषयमा छलफल गर्न न्याय परिषदको बैठक विहीबार बस्दै छ । दिउँसो साढे १ बजे बस्ने बैठकमा सर्बोच्च अदालत र पुनरावेदन अदालतमा रिक्त पदमा न्यायाधीश नियुक्तीबारे छलफल हुने छ । सर्बोच्च अदालतमा ९ जना अस्थायी न्यायाधीशको पद रिक्त छ...
सप्तरी, १९ मंसिर- संविधानसभा निर्वाचनको परिणामसँगै नेपाली काँग्रेस र नेकपा एमालेमा नेता तथा कार्यकर्तालाई निष्कासन गर्ने क्रम बढेको छ । निर्वाचनमा असहयोग गरेको भन्दै काँग्रेस र एमाले सप्तरीमा आफ्ना विभिन्न तहका नेता तथा कार्यकर्तालाई निष्काशन गर्ने क्रम चलिरहेको हो । काँग्रेसका केन्द्रीय सदस्य तथा...
म्याग्दी, १९ मंसिर– एकीकृत नेकपा माओवादीका मगराँत समिति इञ्चार्ज लोकेन्द्र विष्टले हारेको नभएर हराइएको दावी गरेका छन् । धाँधलीपूर्ण निर्वाचन परिणामबाट निराश नबन्न आग्रह गर्दै उनले एमाओवादी अब फरक ढङ्गले अघि बढ्ने बताए । दास्रो संविधानसभा निर्वाचनमा पराजित भएका विष्टले बुधबार भुरुङ तातोपानीमा आयोजित...
काठमाण्डु, १९ मंसिर– सत्ता र कुर्सीको खेल छाडेर संविधान निर्माणको दिशामा अघि बढ्नुपर्नेमा विभिन्न राजनीतिक दलका नेताहरुले जोड दिएका छन् । संवाद क्लबले आयोजना गरेको अन्तक्र्रियामा सहभागी वक्ताहरुले संविधान मुलुकको साझा दस्तावेज भएकाले सबै राजनीतिक दलको सहमतिमा राष्ट्रिय सरकार गठन गरी यसको निर्माण गरिनुपर्ने...
काठमाण्डु, १९ मंसिर- मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारमाथि किर्ते गरेको आरोप लागेको छ । संविधानसभाको निर्वाचनमा सुनसरी क्षेत्र नं ३ बाट किर्ते गरेर जितेको भन्दै बुधबार उनका निकटतम प्रतिद्वन्द्वीले संविधानसभा अदालतमा मुद्धा हालेका छन् । उनीविरुद्ध एमालेका उम्मेदवार भगवती चौधरीले मतपेटिका साटेर...