न्याय परिषदको बैठक बस्दै

काठमाण्डु टुडे २०७० मंसिर २० गते २:४५ मा प्रकाशित

काठमाण्डु, २० मंसिर– न्यायाधीश नियुक्ति लगायत विषयमा छलफल गर्न न्याय परिषदको बैठक विहीबार बस्दै छ । दिउँसो साढे १ बजे बस्ने बैठकमा सर्बोच्च अदालत र पुनरावेदन अदालतमा रिक्त पदमा न्यायाधीश नियुक्तीबारे छलफल हुने छ । सर्बोच्च अदालतमा ९ जना अस्थायी न्यायाधीशको पद रिक्त छ ।

बैठकमा न्यायाधीश सरुवा बढुवाको विषयले पनि बैठकमा प्रवेश पाउने परिषद सदस्य खेम नारायण ढुंगानाले जानकारी दिए ।

कानुनविदहरुले भने संविधानसभा निर्वाचनबाट नयाँ जनादेश प्राप्त भएकाले संविधानसभा गठन नभएसम्म न्यायाधीश नियुक्तिको प्रकृया अघि नबढाउन माग गर्दै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us