सुनसरी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम सुनसरी जिल्ला अधिवेशनमा कुटाकुट भएको छ ।
लौकही सिटी हलमा शनिबार आयोजित अधिवेशनमा दुई समूहबीच कुटाकुट भएको हो ।
असन्तुष्ट पक्षले आफूहरुलाई पेलेर जान खोजेको भन्दै विवाद गरेको थियो । केही जेनजी युवालाई प्रतिनिधिबाटै हटाएर निर्वाचन प्रक्रिया अघि बढेपछि सुरु भएको विवादले हात हालाहालको अवस्था उत्पन्न भएको हो ।
झडपपछि प्रहरीले हस्तक्षेप गरेर स्थिति नियन्त्रणमा लिएको थियो ।
सुनसरी प्रहरी प्रवक्ता डीएसपी चन्द्र खड्काले अहिले विवाद साम्य भएको बताए ।
विवाद मिलेपछि मतदान चलिरहेको खड्काले उल्लेख गरे । जिल्ला सभापतिमा सागर दाहाल, मोहन निरौला, चक्रबहादुर विष्ट र कृष्ण रौनियार प्रतिस्पर्धामा छन् ।