‘हारेको होइन हराइएको हो’

काठमाण्डु टुडे २०७० मंसिर १९ गते १३:४४ मा प्रकाशित

lokendra_bistaम्याग्दी, १९ मंसिर– एकीकृत नेकपा माओवादीका मगराँत समिति इञ्चार्ज लोकेन्द्र विष्टले हारेको नभएर हराइएको दावी गरेका छन् । धाँधलीपूर्ण निर्वाचन परिणामबाट निराश नबन्न आग्रह गर्दै उनले एमाओवादी अब फरक ढङ्गले अघि बढ्ने बताए ।

दास्रो संविधानसभा निर्वाचनमा पराजित भएका विष्टले बुधबार भुरुङ तातोपानीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै निर्वाचनमा धाँधली भएको र त्यसको छानबिनका लागि स्वतन्त्र आयोग गठन र संविधान निर्माणका लागि सहमतीय पद्धति अपनाउनुपर्ने बताए ।

मतदातालाई धन्यवाद दिँदै विष्टले एमाओवादी अधिकार स्थापित गराउन र जनचाहना पूरा गराउन दृढ रहेको बताए । संविधानसभा निर्वाचनमा आफ्ना उम्मेदवार पराजित भएपनि एमाओवादी म्याग्दीले मतदातालाई धन्यवाद दिन र चुनावको समीक्षाका साथै जनताको सझुाव लिन बुधबारदेखि उम्मेदवारसहित गाउँ अभियान चलाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us