कोइराला र खनालबीच भेटवार्ता

काठमाण्डु टुडे २०७० मंसिर २० गते ६:२० मा प्रकाशित

Sushil_Koirala_Jhalanath_Khanalकाठमाण्डु, २० मंसिर–नेपाली काँग्रेसका सभापति सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष झलनाथ खनालबीच सरकार गठन लगायतका विषयमा विहीबार छलफल भएको छ । एमालेले ताजा जनादेश अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको चयन हुनु पर्ने बताएको र काँग्रेसले त्यसलाई अस्वीकार गरिरहेको बेला भएको दुई शीर्ष नेताहरुको भेटवार्तालाई अर्थपूर्ण मानिएको छ ।

खनाल निवास डल्लुमा भएको छलफलमा सरकार गठन र संविधान निर्माणमा सहमतिका साथ अघि बढ्ने सहमति भएको कोइरालाको निजी सचिवालयले जनाएको छ । कोइराला र खनालबीच संविधानसभा भित्र र बाहिरका सबै दलको सहमतिमा सरकार गठन र संविधान निर्माण गर्ने सहमति भएको बताइएको छ ।

नेपाल र चिनिया राजदूतबीच भेटवार्ता

यसैबीच नेकपा एमाले नेता माधव कुमार नेपाल र नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताइबीच पनि विहीबारै भेटवार्ता भएको छ । भेटमा समसामयीक राजनीतिक परिस्थितिबारे छलफल भएको थियो ।

राजदुत उले सबैलाई समेटेर अघि बढ्न र संविधान लेखनलाई समयमै टुंगोमा पुर्याउन सुझाव दिएका थिए । जवाफमा नेपालले निर्वाचनबाट जे जस्तो नतिजा आए पनि सहमतिमै अघि बढ्ने बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us