गच्छदारविरुद्ध किर्ते गरेको आरोपमा मुद्धा

काठमाण्डु टुडे २०७० मंसिर १९ गते ११:१३ मा प्रकाशित

Bijayकाठमाण्डु, १९ मंसिर- मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारमाथि किर्ते गरेको आरोप लागेको छ ।

संविधानसभाको निर्वाचनमा सुनसरी क्षेत्र नं ३ बाट किर्ते गरेर जितेको भन्दै बुधबार उनका निकटतम प्रतिद्वन्द्वीले संविधानसभा अदालतमा मुद्धा हालेका छन् । उनीविरुद्ध एमालेका उम्मेदवार भगवती चौधरीले मतपेटिका साटेर किर्ते गरेको मुद्धा हालेका हुन् ।

चौधरीले मतपेटिका विराटनगरतिर लगेर साटेको, आफ्नो २८ सय मतमा नक्कली स्वस्तिक प्रयोग भएको लगायतका बुँदाहरु समेटी आवश्यक छानबिनको मागसहित अदालतमा मुद्धा दर्ता गराएकी हुन् ।

चौधरीले गच्छदारलाई सभासदबाट हटाएर छानबिन गर्नुपर्ने र आफूलाई सो स्थानबाट विजयी घोषणा गरेर सभासद बनाउनु पर्ने माग गरेकी छिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us