राजनीति

युथफोर्स केन्द्रीय सदस्य पक्राउ

२०७० मंसिर १८ गते ४:५५

चितवन, १८ मंसिर–ठूला दलका नेता कार्यकर्ताको पक्राउलगत्तै छोड्न दबाब पर्ने भएपछि प्रहरीले पक्राउलगत्तै म्याद थपको रणनीति अख्तियार गरेको छ । चितवन क्षेत्र नं ३ का एकीकृत नेकपा (माओवादी)का उम्मेदवार नारायण दाहालको गाडीमाथि तोडफोड गरेको अभियोगमा सोमबार बिहान पक्राउ परेका नेकपा (एमाले)का प्रकाश रेग्मीलाई प्रहरीले...

पराजयको मुख्य कारण पार्टी फुट : एमाओवादी

२०७० मंसिर १८ गते ३:४७

कञ्चनपुर, १८ मंसिर–दोस्रो संविधानसभा निर्वाचनमा देशैभरि अनपेक्षित परिणाम व्यहोरेको एकीकृत नेकपा माओवादी कञ्चनपुरले पार्टी फुटका कारण जिल्लामा पराजय भोग्नुपरेको निष्कर्ष निकालेको छ । पार्टी केन्द्रले जनताले मत दिए पनि सुरक्षाकर्मीको समेत सहभागीतामा संस्थागत धाँधली गरेर हराइएको निष्कर्ष निकालेको बेला कन्चनपुर जिल्ला पार्टीले भने फुटलाई...

रामचन्द्र हराउन खोजेको भन्दै गोविन्दमाथि कारबाही सिफारिस

२०७० मंसिर १७ गते १४:१६

तनहुँ, १७ मंसिर– नेपाली काँग्रेस तनहुँ क्षेत्र नम्बर–२ ले ४ पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीमाथि कारबाही सिफारिस गरको छ । मंसिरमा सम्पन्न संविधानसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई पराजित गर्ने उद्देश्यले बागी उम्मेदवारलाई सघाएको आरोपमा जोशीलाई साधारण सदस्यतासमेत नरहने गरी कारबाही गर्न केन्द्रमा सिफारिस गरेको हो...

सर्वोच्चद्वारा पूर्वमन्त्रीलाई ६ र सचिवलाई ७ हजार जरिवाना

२०७० मंसिर १७ गते १३:११

काठमाण्डु, १७ मंसिर– सर्वोच्च अदालतले पूर्वमन्त्री महेन्द्र यादव र सिँचाइ सचिव प्रतापकुमार पाठकलाई जरिवाना फैसला सुनाएको छ । उनीहरुलाई क्रमशः ५ हजार र ५ हजार जरिवाना गराउने फैसला गरेको छ । पूर्वसचिव वृन्दा हाडाले दायर गरेको अवहेलना मुद्धामा सुनुवाई गर्दै न्यायाधीस कल्याण श्रेष्ठ र...

एमाओवादीसहित १६ दलद्वारा निर्वाचन आयोगको बैठक बहिष्कार

२०७० मंसिर १७ गते १२:४८

काठमाण्डु, १७ मंसिर– एकीकृत नेकपा माओवादी सहित १६ दलले निर्वाचन आयोगको बैठक बहिष्कार गर्ने निर्णय गरेको छ । निर्वाचनको मतपेटिका संकला तथा मतगणनाका समयमा धाँधली भएको भन्दै उच्चस्तरीय छानबिन आयोगको माग गरिरहेका एमाओवादी सहितका दलहरुले निर्वाचन आगोगले बोलाउने बैठकमा सहभागी नहुने अडान लिएका हुन्...

हार्नेले दिए विद्यालयलाई जग्गासहित १७ लाख

२०७० मंसिर १७ गते १०:५६

सल्यान, १७ मंसिर– संविधानसभा निर्वाचनमा पराजित एक उम्मेदवारले भने विद्यालयलाई जग्गा दान तथा आर्थिक सहयोगका गरेका छन् । संविधानसभा निर्वाचनमा विजयी भएका उम्मेदवार जितको उत्सव मनाइरहेकै बेला सल्यान– २ बाट पराजित नेपाल परिवार दलकी उम्मेदवार योगमाया घर्तीले विद्यालयलाई सहयोग गरेकी हुन् । उनले आफ्नो...

लोकतान्त्रिक शक्ति एक भए छिट्टै संविधानः सिंह

२०७० मंसिर १७ गते ९:१२

काठमाण्डु, १७ मंसिर– काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले संविधान निर्माणका लागि लोकतान्त्रिक शक्ति एकजुट भई अघि बढे एक वर्ष भित्रै संविधान बन्ने बताएका छन् । एक वर्षभित्रै देशमा संविधान दिएर देश र जनतालाई शान्ति तथा समृद्धितर्फ उन्मुख गराउन आवश्यक रहेको भन्दै उनले लोकतान्त्रिक शक्तिको एकताबाट...

राष्ट्रपति निर्वाचनको हल्ला बेकार : पोख्रेल

२०७० मंसिर १७ गते ८:२८

तुलसीपुर, १७ मंसिर–नेपाल बार एशोसियसनका केन्द्रीय महासचिव सुनिल पोख्रेलले राष्ट्रपति निर्वाचनको हल्ला मचाउनुको कुनै तुक नभएको बताएका छन् । रिपोर्टर्स क्लब दाङ शाखाले सोमबार तुलसीपुरमा गरेको साक्षात्कारमा उनले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको बिषय चर्चामा ल्याई संविधान निर्माण प्रक्रिया अर्कै तिर मोड्ने प्रयास भएको आशंका...

संविधानसभा अदालतको पहिलो इजलाश आज

२०७० मंसिर १७ गते ३:१९

काठमाण्डु, १७ मंसिर–सोलुखुम्बुको संविधानसभा निर्वाचन बदर गर्न माग गर्दै संविधानसभा अदालतमा दायर गरिएको उजुरीमा छलफल गर्न सोमबार पहिलो इजलाश बस्दै छ । काँग्रेस सभासद बलबहादुर केसीको सपथ ग्रहण रोक्न अन्तरकालीन आदेश माग गर्दैै उजुरी परेपछि त्यसबारे छलफल गर्न पहिलो इजलाश बस्न लागेको हो ।...

वैद्य माओवादीको पोलिटव्युरो बैठक जारी

२०७० मंसिर १७ गते २:३५

काठमाण्डु, १७ मंसिर– संविधानसभा निर्वाचनपछिको राजनीतिक अवस्थाबारे छलफल गर्न नेकपा–माओवादीको पोलिटव्युरो बैठक बसिरहेको छ । काठमाण्डुको बुद्धनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकले पछिल्लो राजनीतिक अवस्थाको समिक्षा गर्दै पार्टीको धारणा तय गर्ने नेकपा–माओवादीले जनाएको छ । उपाध्यक्ष सीपी गजुरेलका अनुसार संविधान निर्माणमा पार्टीको भुमिकाबारे बैठक...

काँग्रेसमा ९१ जनाका लागि दुई सयको सूची

२०७० मंसिर १७ गते २:०९

काठमाण्डु ९ पुस–नेपाली काँग्रेसमा ९१ जनाका लागि करीव दुई सय सभासदका आकाँक्षी देखिएका छन । संसदीय वोर्डमा रहेका १४ जना नेताका आ आफनो पोल्टाबाट भिकिएका सूची सदर गराउन खोज्दा काँग्रेस भित्रको किचलो बढेर गएको छ । सभापति सुशिल कोइरालाले ६० प्रतिशत र शेरबहादुर देउवाले...

संविधान बनाउन चुनिएकाले भने–एक बर्ष भित्र पुल बनाइ छाड्छौं

२०७० मंसिर १७ गते २:०१

सोलुखुम्बु, १७ मंसिर–संविधानसभा निर्वाचनमा सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङ जिल्लाबाट प्रत्यक्षतर्फ निर्वाचित सभासदहरुले आगामी एक वर्षभित्रमा सुनकोसीमा पुल बनाइछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सञ्चारकर्मीसँग कुराकानी गर्दै उनीहरुले तीनवटै जिल्लाको मुख्य समस्याका रुपमा रहेको सुनकोसी नदीको पुल छिटोभन्दा छिटो सम्पन्न गर्नका लागि आफ्नो तर्फबाट पहल...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us