
काठमाण्डु, १७ मंसिर– सर्वोच्च अदालतले पूर्वमन्त्री महेन्द्र यादव र सिँचाइ सचिव प्रतापकुमार पाठकलाई जरिवाना फैसला सुनाएको छ ।
उनीहरुलाई क्रमशः ५ हजार र ५ हजार जरिवाना गराउने फैसला गरेको छ ।
पूर्वसचिव वृन्दा हाडाले दायर गरेको अवहेलना मुद्धामा सुनुवाई गर्दै न्यायाधीस कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको संयुक्त इजलासले पूर्वमन्त्री र सिँचाइ सचिवद्वय दोषी रहेको ठहर गर्दै जरिवानाको फैसला सुनाएको हो ।
पूर्वसचिव हाडाले आफ्नो सरुवा रोक्न सर्वोच्चले दिएको आन्तरिक आदेश कार्यान्वयन नगरेको भन्दै रिट दायर गरेकी थिइन् । उनले डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा तत्कालीन मन्त्री यादव र सचिवविरुद अवकास पाउने समयमा जगेडामा सरुवा गरेको भन्दै दायर रिटमा सर्वोच्चको आदेश नमानेको भन्दै पुनः रिट दायर गरेकी थिइन् ।