वैद्य माओवादीको पोलिटव्युरो बैठक जारी

काठमाण्डु टुडे २०७० मंसिर १७ गते २:३५ मा प्रकाशित

cpn-maoistकाठमाण्डु, १७ मंसिर– संविधानसभा निर्वाचनपछिको राजनीतिक अवस्थाबारे छलफल गर्न नेकपा–माओवादीको पोलिटव्युरो बैठक बसिरहेको छ । काठमाण्डुको बुद्धनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकले पछिल्लो राजनीतिक अवस्थाको समिक्षा गर्दै पार्टीको धारणा तय गर्ने नेकपा–माओवादीले जनाएको छ । उपाध्यक्ष सीपी गजुरेलका अनुसार संविधान निर्माणमा पार्टीको भुमिकाबारे बैठक केन्द्रित छ ।

संविधानसभा निर्वाचन बहिस्कार गरेको नेकपा–माओवादीले संविधान निर्माण प्रकृयामा आफूहरुलाई पनि सहभागी गराउन माग गर्दै आएको छ । संविधानसभा निर्वाचनले राष्ट्रिय सहमति कायम गर्न नसकेकाले सर्बदलीय गोलमेच सम्मेलन गर्नुपर्ने माओवादीको माग छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us