रामचन्द्र हराउन खोजेको भन्दै गोविन्दमाथि कारबाही सिफारिस

काठमाण्डु टुडे २०७० मंसिर १७ गते १४:१६ मा प्रकाशित

Ramchandra and govinda rajतनहुँ, १७ मंसिर– नेपाली काँग्रेस तनहुँ क्षेत्र नम्बर–२ ले ४ पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीमाथि कारबाही सिफारिस गरको छ ।

मंसिरमा सम्पन्न संविधानसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई पराजित गर्ने उद्देश्यले बागी उम्मेदवारलाई सघाएको आरोपमा जोशीलाई साधारण सदस्यतासमेत नरहने गरी कारबाही गर्न केन्द्रमा सिफारिस गरेको हो ।

क्षेत्र नम्बर–२ मा सचिव मोहन गिरीले सोमबार एक विज्ञप्ति जारी गर्दै जोशीसहित एक दर्जन नेतामाथि कारबाही सिफारिस गरिएको जनाएका हुन् ।

कारबाही सिफारिस गरिएका अन्यमा पूर्वसभासद उर्मिला थापा, काँग्रेस तनहुँका पूर्वजिल्ला सभापति रघुनाथ पौडेल, महाधिवेशन प्रतिनिधि सतीशचन्द्र न्यौपानेसहित छन् ।

काँग्रेस–२ मा उपसभापति रामचन्द्र पौडेलविरुद्ध तरुण दल केन्द्रीय सदस्य पूर्णबहादुर गुरुङले बागी उम्मेदवारी दिएका थिए । यद्यपि, पौडेल अत्याधिक मतका साथ विजयी भएका थिए । जोशीसहित कारबाही सिफारिसमा परेका सबैले पौडेललाई असहयोग र गुरुङका पक्षमा लविङ गरेको आरोप लगाइएको छ ।

यसैबीच काँग्रेस काभ्रे जिल्ला समितिले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध लागेको भन्दै पाँच जनामाथि साधारण सदस्यसमेत नरहने गरी कारबाही माग गरेको छ । उनीहरुले काभ्रे–२ का पार्टी उम्मेदवार शिवप्रसाद हुमागाईंलाई हराउन भूमिका खेलेको जिल्ला समितिको ठहर छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us