संविधानसभा अदालतको पहिलो इजलाश आज

काठमाण्डु टुडे २०७० मंसिर १७ गते ३:१९ मा प्रकाशित

Bal Bdr KCकाठमाण्डु, १७ मंसिर–सोलुखुम्बुको संविधानसभा निर्वाचन बदर गर्न माग गर्दै संविधानसभा अदालतमा दायर गरिएको उजुरीमा छलफल गर्न सोमबार पहिलो इजलाश बस्दै छ । काँग्रेस सभासद बलबहादुर केसीको सपथ ग्रहण रोक्न अन्तरकालीन आदेश माग गर्दैै उजुरी परेपछि त्यसबारे छलफल गर्न पहिलो इजलाश बस्न लागेको हो ।

सर्बोच्च अदालत भवनमै बस्ने इजलाशमा केसीको सपथ ग्रहण रोक्न माग गरिएको उजुरीकर्ताको निवेदनमा छलफल गरी आवश्यक निर्णय लिइने संविधानसभा अदालतका उपरजिष्ट्रार विश्वराज पौडेलले जानकारी दिए ।

एमाओवादीका उम्मेदवार गोम्बु शेर्पाले सोलुखुम्बुबाट नेपाली काँग्रेसका विजयी उम्मेदवार बलबहादुर केसीले निर्वाचन र मतगणना प्रक्रियामा धाँधली गरेको जिकीर गर्दै यही मंसिर ११ गते उजुरी गरेका थिए ।

संविधानसभा निर्वाचनका विवाद टुंगो लगाउन सरकारले गत कात्तिक २८ गते सर्बोच्चका न्यायाधीश कल्याण श्रेष्ठको अध्यक्षतामा तीन सदस्यीय संविधानसभा अदालत गठन गरेको थियो । अदालतमा गिरिशचन्द्र लाल र सुशीला कार्की सदस्य छन् ।

– तस्वीर : बलबहादुर केसी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us