काँग्रेसमा ९१ जनाका लागि दुई सयको सूची

काठमाण्डु टुडे २०७० मंसिर १७ गते २:०९ मा प्रकाशित

Nepali-Congress-Flag1315101735
काठमाण्डु ९ पुस–नेपाली काँग्रेसमा ९१ जनाका लागि करीव दुई सय सभासदका आकाँक्षी देखिएका छन । संसदीय वोर्डमा रहेका १४ जना नेताका आ आफनो पोल्टाबाट भिकिएका सूची सदर गराउन खोज्दा काँग्रेस भित्रको किचलो बढेर गएको छ । सभापति सुशिल कोइरालाले ६० प्रतिशत र शेरबहादुर देउवाले ४० प्रतिशत सभासद पाउने गरी पहिले नै भागबण्डा गरिएको थियो ।
तर अहिले कोइरालाको कोटामा रामचन्द्र पौडेल,प्रकाशमान सिंह र अर्जुननरसिंह केसी सहितका नेताहरुले आ आफनो पोल्टाबाट झिकेर नाम पेश गर्न थालेपछि समानुपातिकको सूचीलाई अन्तिम रुप दिन काँग्रेस भित्र किचलो देखिएको एक नेताले बताए । समानुपातिकको सूची बुझाउने म्याद बुधवार सकिदैछ । शिर्ष नेताहरुले प्रत्यक्ष तर्फ आफू उठेका क्षेत्रमा आधा दर्जन नेतालाई समानुपातिकको सूचीमा राखेर आफूलाई सजिलो बनाएका थिए ।
सभापति कोइराला,नेता देउवा र रामचन्द्र पौडेलले आफनो क्षेत्र र जिल्लाबाट आफना पोल्टाका व्यक्तिलाई सभासद बनाउन चाहिरहेका छन भने काँग्रेसका अन्य नेताहरुले भने निर्वाचन ऐनको मापदण्ड र आफनो पार्टी पराजित भएका जिल्लाको प्रतिनिधित्व गराउन दबाब दिदै आएका छन । निर्वाचनमा अन्तरघात गरेको आरोपमा समानुपातिको सूचीमा परेका ३२ जना बिरुद्ध केन्द्रीय समितिमा उजुरी परेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us