हार्नेले दिए विद्यालयलाई जग्गासहित १७ लाख

काठमाण्डु टुडे २०७० मंसिर १७ गते १०:५६ मा प्रकाशित

Salyanसल्यान, १७ मंसिर– संविधानसभा निर्वाचनमा पराजित एक उम्मेदवारले भने विद्यालयलाई जग्गा दान तथा आर्थिक सहयोगका गरेका छन् ।

संविधानसभा निर्वाचनमा विजयी भएका उम्मेदवार जितको उत्सव मनाइरहेकै बेला सल्यान– २ बाट पराजित नेपाल परिवार दलकी उम्मेदवार योगमाया घर्तीले विद्यालयलाई सहयोग गरेकी हुन् ।

उनले आफ्नो जन्मथलो स्यानीखाल गाविसमा रहेको लक्ष्मी उच्च माध्यमिक विद्यालयलाई १७ लाख ३० हजार रुपैयाँ बराबरको सहयोग गरेकी छिन् ।

आफूले सामाजिक क्षेत्रमा योगदान गर्ने मनसायले विद्यालयलाई सहयोग गरेको घर्तीले बताइन् । खानेपानीको अभाव समेत रहेको उक्त विद्यालयलाई खानेपानी ट्याङ्की निर्माणका लागि दुई लाख ३० हजार रुपैयाँ र सोही गाविसको गरिज्युलामा रहेको तीन रोपनी खेत गरी १७ लाख ३० हजार रुपैयाँ बराबरको सहयोग प्राप्त भएको विद्यालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us