
काठमाण्डु, १७ मंसिर– काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले संविधान निर्माणका लागि लोकतान्त्रिक शक्ति एकजुट भई अघि बढे एक वर्ष भित्रै संविधान बन्ने बताएका छन् ।
एक वर्षभित्रै देशमा संविधान दिएर देश र जनतालाई शान्ति तथा समृद्धितर्फ उन्मुख गराउन आवश्यक रहेको भन्दै उनले लोकतान्त्रिक शक्तिको एकताबाट सो सम्भव भएको बताका हुन् ।
विगतको संविधानसभामा रहेका विवादित विषयमा सहमति जुटाउन प्रयत्न गरी सहमतिका आधारमा नयाँ सविधान जारी गर्न काँग्रेसले भूमिका खेल्ने त्यसो हुन नसकेमा मतदानको प्रक्रियाबाट समाधान खोज्ने उनका भनाइ छ ।
भोजपुरे दाँवाली समाजको कार्यक्रममा नेता सिंहले सरकार निर्माणका लागि विभिन्न दलका नेतासँग छलफल भइरहेको बताउन्दै निर्वाचनको जनादेश अनुसार दावी गरे ।