राष्ट्रपति निर्वाचनको हल्ला बेकार : पोख्रेल

काठमाण्डु टुडे २०७० मंसिर १७ गते ८:२८ मा प्रकाशित

Sunil-Pokhrelतुलसीपुर, १७ मंसिर–नेपाल बार एशोसियसनका केन्द्रीय महासचिव सुनिल पोख्रेलले राष्ट्रपति निर्वाचनको हल्ला मचाउनुको कुनै तुक नभएको बताएका छन् ।

रिपोर्टर्स क्लब दाङ शाखाले सोमबार तुलसीपुरमा गरेको साक्षात्कारमा उनले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको बिषय चर्चामा ल्याई संविधान निर्माण प्रक्रिया अर्कै तिर मोड्ने प्रयास भएको आशंका गरे ।

अन्तरिम संविधानमा संविधान घोषणा नहुदासम्मलाई राष्ट्रपति यथावत रहने प्रष्ट ब्यवस्था भएको उनले स्मरण पनि गराए । नेपालमा विदेशी चलखेल बढेकोबेला राष्ट्रियतालाई कमजोर बनाउन राष्ट्रपतिको किचलो झिकिएको उनको दावी थियो ।

महासचिव पोख्रेलले एक अर्को प्रसंगमा वर्तमान अन्तरिम मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी प्रधानन्यायाधीश पदमा पुनःबहाली हुन खोजे कडा प्रतिवादमा उत्रने चेतावनी समेत दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us