माओवादीलाई अदालत जान काँग्रेस महामन्त्री सिंहको सुझाव

काठमाण्डु टुडे २०७० मंसिर २२ गते ५:५४ मा प्रकाशित

काठमाण्डु, २२ मंसिर– कॉग्रेस महामन्त्री प्रकाशमान सिंहले संविधानसभा निर्वाचन परिणामप्रति असन्तुष्ट एकीकृत माओवादीलाई अदालत जान सुझाव दिएका छन् ।
prakash man singराजधानीमा शनिबार भएको एक कार्यक्रममा सिंहले निर्वाचनमा धाँधली भएको भन्ने आरोप लगाउनेले त्यसलाई पुष्टि गर्ने आधार दिन सक्नुपर्ने बताए । धाँधलीबारे जनतामा अनावश्यक अफवाह फलाउन छाडेर अदालत जान एकीकृत माओवादीलाई सिंहको सुझाव थियो ।
एकीकृत माओवादीले निर्वाचनमा नीतिगत, संस्थागत र संरचनागत धाँधली भनेकामा आश्चर्य प्रकत गर्दै उनले त्यसलाई प्रष्ट्याउन भने । ‘धाँधली भएको हल्ला फैलाउन छाडेर अदालत जानुस्’, सिंहले भने, ‘धाँधली भयो भन्नेले प्रमाण देखाउन सक्नुपर्छ ।’ उनले संविधानसभा निर्वाचनबाट सरकार सञ्चालनको जनादेश आफ्नो पार्टीलाई प्राप्त भएको जिकिर गरे ।
उनले काँग्रेस नेतृत्वको सरकारमा आउन अन्य दललाई आग्रहसमेत गरे । काँग्रेसले सरकारको नेतृत्व लिएर एक वर्षमा संविधान जारी गर्ने र ६ महिनाभित्र स्थानीय निकायको निर्वाचन गराउने उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us