मोहन विक्रमकी कान्छी श्रीमती सभासदमा सिफारिस

काठमाण्डु टुडे २०७० मंसिर २१ गते १२:३५ मा प्रकाशित

काठमाण्डु,  २१ मंसिर– राष्ट्रिय जनमोर्चाले पार्टीका तर्फबाट समानुपातिक सभासद सिफारिस गरेको छ ।
Mohan-Bikram-Singhराजधानीमा बिहीबार र शुक्रबार बसेको केन्द्रीय समिति बैठकले पार्टीले पाउने तीन सिटमा चित्रबहादुर केसी, दुर्गा पौडेल र मिना पुनलाई सिफारिस गरेको हो ।

केसी जनमोर्चाका अध्यक्ष, पौडेल नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहकी कान्छी पत्नी र पुन पार्टीनिकट महिला संघकी अध्यक्ष हुन् । विघटित संविधानसभमा प्रत्यक्षबाट सभासद् रहेका केसी यसपटक अरुलाई पालो दिने भन्दै प्रत्यक्ष निर्वाचनमा उम्मेदवार थिएनन् ।

पुन भने यसअघि पनि समानुपातिकबाटै सभासद् थिइन । अध्यक्ष केसीले संविधानसभामा महिलाको उपस्थिति बढी गराउन पार्टीले तीनमध्ये दुई सिटमा महिलालाई पठाउने निर्णय भएको जानकारी दिए ।

उनले पाडेललाई नेता पत्नी भएको आधारमा नभई पार्टीमा काम गरेका आधारमा सभासद् बनाउन लागिएको बताए । ‘नेता पत्नी भएर होइन उनी लामो लामो समयदेखि पार्टीमा काम गर्दै आएकी छन्, योग्यता र क्षमता पनि छ’, केसीले भने, ‘नेता पत्नी भएकै आधारमा संविधानसभामा जान पाउने भए मैले पनि आफ्नै पत्नीलाई सिफारिस गर्दो हुँ ।’
अध्यक्ष केसीले आइतबार निर्वाच

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us