सिरहा पुगेर प्रचण्डले भने, सेनाले मतपत्र नियन्त्रणमा लिएर के गर्‍यो होला ?

काठमाण्डु टुडे २०७० मंसिर २१ गते १५:२५ मा प्रकाशित

सिरहा, २१ मंसिर– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभा निर्वाचनमा भएको धाँधलीबारे छानविन गर्नुपर्ने आफूहरुको माग Prachandaसुनुवाई नभए सडक संघर्षमा उत्रने चेतावनी दिएका छन् ।
संविधानसभा निर्वचनमा आफू विजयी भएको सिरहा–५ का मतदातालाई धन्यवाद दिन पुगेका उनले देशी विदेशी प्रतिक्रियावादी शक्ति र सुरक्षा निकायका अधिकारीको मिलेमतोमा रातारात मतपेटिका परिवर्तन गरी आफूहरुलाई हराइएको बताए ।

‘तेस्रो घेरामा बस्ने भनिएको सेनाले मतपेटिका नियन्त्रणमा लिएर के गरे होला ?’, उनले मतदातालाई प्रश्न गरे, ‘आदरणीय जनसमुदाय तपाइँहरु आफैं भन्नुस् ।’ पूर्वसहमतिविपरीत बाकस सेनाले नियन्त्रणमा लिएको र दलका प्रतिनिधिलाई मतपेटिकासँग जान नदिएको घटनाबाट निर्वाचनमा भएको धाँधली पुष्टि गरेको दाबी गरे ।

‘निर्वाचनमा भएको षडयन्त्र छानविनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने हाम्रो मागको बेवास्ता गरिए सडकमा उत्रनुको विकल्प छैन’, प्रचण्डले भने । उनले  महिनामा एक दिन आफ्नो क्षेत्रको कुनै गाउँमा पुगेर एक रात बस्ने र जनतासँग दु:ख सुख साट्ने प्रतिबद्धता जनाए ।

देशी–विदेशी प्रतिक्रिवादी षड्यन्त्रका बाबजुद आफूलाई विजयी गराएको भन्दै मतदातालाई धन्यवादसमेत दिए । उनले षड्यन्त्रका कारण सोचेजस्तो परिणाम नअए पनि संविधान शान्ति प्रत्रmिया र संविधान लेखनका लागि काँग्रेस–एमालेसँग सहकार्यको हात बढाउन तयार रहको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us