राजनीति

खिलराज र निलकण्ठलाई ल्याएर गल्ती भयो : सापकोटा

२०७० मंसिर २६ गते ९:४९

काठमाडौ, २६ मंसिर । एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नी सापकोटाले मन्त्री परिषदको अध्यक्षमा प्रधानन्यायाधिस खिलराज रेग्मीलाई र निर्वाचन आयोगको प्रमुख आयुक्तमा निलकण्ठ उप्रेतिलाई ल्याउनु गंभिर गल्ती भएको बताएका छन् । बुधबार काठमाण्डुमा भएको साक्षात्कारमा उहाँले पार्टी निकटका मान्छेलाई मन्त्रिपरिषदको अध्यक्ष र निर्वाचन आयोगको आयुक्त बनाएर...

आज प्रचण्डको जन्मदिन

२०७० मंसिर २६ गते २:००

काठमाण्डु, २६ मंसिर–एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबारबाट ५९ औं वसन्त पूरा गरेका छन् । उनको जन्म २०११ साल मंसिर २६ गते कास्कीको ढिकुरपोखरी गाविस -२ लेवाडेमा भएको थियो । जन्मदिनका अवसरमा प्रचण्ड निवास लाजिम्पाटमा कुनै कार्यक्रम भने राखिएको छैन ।...

सहमतिमा अघि बढ्ने काँग्रेसको प्रतिबद्धता

२०७० मंसिर २५ गते १७:०१

काठमाण्डु,२५ मंसिर-नेपाली काँग्रेस संसदीय समितिको मंगलवार बसेको बैठकमा प्रमुख राजनीतिक दलहरुबीच पछिल्लो समयमा भएका द्विपक्षीय त्रिपक्षीय वार्ता र पार्टीले आगामी दिनमा लिने रणनीतिका बारेमा छलफल गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवासहित संसदीय समितिका...

पूर्वराजा ज्ञानेन्द्र नयाँदिल्ली जाँदै

२०७० मंसिर २५ गते १६:५३

काठमाण्डु, २५ मंसिर–संविधानसभा निर्वाचन पछि दलहरुबीच शक्ति बाँडफाँटको गृहकार्य जारी रहेकोबेला पूर्वराजा ज्ञानेन्द्र शाह भारत जाने भएका छन् । उनी तीन साता लामो भ्रमणको लागि नयाँदिल्ली जान लागेका हुन् ।...

कमल थापा बिरुद्ध १८ नेताको उजुरी

२०७० मंसिर २५ गते १५:४८

काठमाण्डु, २५ मंसिर -काठमाण्डु २५ मंसिर राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालभित्र समानुपातिक सभासदको नाम सिफारिसका विषयमा विवाद चर्कदै गएको छ । अध्यक्ष कमल थापाले एकलौटी रुपमा, पार्टीको विधान विपरित सभासद्को रुपमा आफू निकटका नेताहरुको नाम सिफारिस गरेको भन्दै असन्तुष्ट केन्द्रिय पदाधिकारी सहित १८ जनाले निर्वाचन...

गगन थापाले गरे त्यागका कुरा

२०७० मंसिर २५ गते १५:२५

काठमाण्डु, २५ मंसिर– काँग्रेस केन्द्रीय सदस्य गगन थापाले लोकतान्त्रिक संविधान निर्माणका लागि आफ्नो पार्टीले जस्तोसुकै त्याग तथा हदैसम्म लचिलो हुन सक्ने बताएका छन् । नेता थापाले नयाँ जनादेशअनुसार संविधान निर्माण तथा सरकार गठनलगायतका विषयमा सहमति आवश्यक रहेको भन्दै भने, ‘काँग्रेस र एमालेको सहकार्यबिना संविधान...

उच्चस्तरीय समितिबाट विवाद मिलाउने सहमति

२०७० मंसिर २५ गते १४:३५

काठमाण्डु, २५ मंसिर– प्रमुख तीन दल सबै विवादलाई उच्चस्तरीय राजनीतिक समितिमार्फत् टुंगो लगाउन सहमत भएका छन् । शान्ति कोषको सचिवालय बबरमहलमा मंगलबार विहान बसेको नेपाली काँग्रेस, नेकपा एमाले र एमाओवादीको बैठकमा सरकार गठन, संविधान निर्माण लगायतका सबै बिषय सहमतिको आधारमा टुंगो लगाउने निर्णय भएको...

राप्रपा नेपालको कार्यालयमा दिनदिनै आगजनी

२०७० मंसिर २५ गते १३:३३

झापा, २५ मंसिर– समानुपातिकतर्फ सभासद सिफारिस गर्दा षडयन्त्रपूर्ण रुपमा नाम हटायएको भन्दै राप्रपा नेपालको क्षेत्रीय तथा दमक नगर समितिको कार्यालयमा आगजनी गरिएको छ । पार्टीले समानुपातिकतर्फको झापा–७ बाट सिफारिस गरिएका घनेन्द्रराज सुब्बाको नाम अन्तिम समयमा आएर षडयन्त्रपूर्वक हटाइएको भन्दै पार्टीका भ्रातृ सङ्गठन युवा मोर्चाले...

संविधानमा ध्यान लगाउन कानुन व्यवसायीको आग्रह

२०७० मंसिर २५ गते १३:१०

चितवन, २५ मंसिर– कानुन व्यवसायीहरुले लोकतान्त्रिक संविधान निर्माणमा ध्यान केन्द्रित गर्न राजनीतिक दल र तिनका नेताहरूलाई आग्रह गरेका छन् । चितवनमा मंगलबार सुरु भएको नेपाल बार एसोसिएसनको ४१ औं राष्ट्रिय कार्यकारणी परिषद् बैठकमा बोल्दै कानुन व्यवसायीले यस्तो बताएका हुन् । अहिले नयाँ संविधान निर्माणको प्रक्रियामा...

पौडेल पक्राउमा माओवादीको आपत्ति

२०७० मंसिर २५ गते १२:४०

काठमाण्डु, २५ मंसिर– नेकपा–माओवादीले जनयुद्धकालीन समयमा भएको घटनाको अभियोगमा परशुराम पौडेललाई पक्राउ गरिएकोमा आपत्ति जनाएको छ । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपमा पौडेललाई पक्राउ गरिएकोमा विरोध गर्दै नेकपा–माओवादीले विज्ञप्ति निकालेको छ । विज्ञप्तिमा पार्टी अध्यक्ष मोहन वैद्यले वृहत् शान्ति सम्झौताको मर्म विपरीत युद्धका...

राष्ट्रपति फेर्नु पर्दैन : मसाल

२०७० मंसिर २५ गते ५:२३

काठमाण्डु, २५ मंसिर–नेकपा मसालले नयाँ संविधान जारी नभएसम्म राष्ट्रपति फेर्न नपर्ने जनाएको छ । यही मंसिर २० देखि २४ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले विभिन्न १२ बुँदे राजनीतिक प्रस्ताव पारित गर्दै राष्ट्रपति र उपराष्ट्रपति फेर्न नपर्ने निष्कर्ष निकालेको हो । ‘अन्तरिम संविधानमा संविधान जारी...

प्रचण्ड र राष्ट्रसंघ नेपाल प्रमुखबीच भेटवार्ता

२०७० मंसिर २५ गते ४:२७

काठमाण्डु, २५ मंसिर– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसंघका नेपाल प्रतिनिधि जेमी म्याक गोल्डरिकबीच मंगलबार विहान भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा भएको छलफल समसामयीक राजनीतिक परिस्थितिमा केन्द्रित थियो । छलफलमा गोल्डरिकले संविधानसभामा सहभागीताबारे जिज्ञासा राखेका थिए । जवाफमा प्रचण्डले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us