राष्ट्रपति फेर्नु पर्दैन : मसाल

काठमाण्डु टुडे २०७० मंसिर २५ गते ५:२३ मा प्रकाशित

mohan bikramकाठमाण्डु, २५ मंसिर–नेकपा मसालले नयाँ संविधान जारी नभएसम्म राष्ट्रपति फेर्न नपर्ने जनाएको छ । यही मंसिर २० देखि २४ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले विभिन्न १२ बुँदे राजनीतिक प्रस्ताव पारित गर्दै राष्ट्रपति र उपराष्ट्रपति फेर्न नपर्ने निष्कर्ष निकालेको हो ।

‘अन्तरिम संविधानमा संविधान जारी भएपछि नै राष्ट्रपति पदबाट हट्ने व्यवस्था गरिएको छ । त्यो अवस्थामा संविधान जारी हुनुभन्दा पहिले राष्ट्रपतिलाई पद छाड्न भन्नु संवैधानिक वा राजनीतिक दुवै दृष्टिले सही होइन,’ बैठकपछि मसालका महामन्त्री मोहनविक्रम सिंहले निकालेको विज्ञप्तिमा उल्लेख छ । यो विवाद बढ्दै गएमा यसकै कारण महिनौं बित्ने र संविधान निर्माणको कार्य ढिलो हुने तर्फ मसालले दलहरुलाई सचेत गराएको छ ।

मसालले निर्वाचनमा केही धाँधली र पैसाको खेल भए पनि यसलाई स्वीकारेर संविधान निर्माणमा सहभागी हुन एमाओवादीलाई आग्रह गरेको छ ।

मसालले निर्वाचनमा आफ्नो पार्टीले धेरै स्थानमा विजय हासिल नगरेको भए पनि आफूले उठाएको जातिवादी र क्षेत्रीयताको मुद्दालाई जनताले रुचाएको पुष्टि भएको निष्कर्षसमेत निकालेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us