गगन थापाले गरे त्यागका कुरा

काठमाण्डु टुडे २०७० मंसिर २५ गते १५:२५ मा प्रकाशित

Gagan-Thapaकाठमाण्डु, २५ मंसिर– काँग्रेस केन्द्रीय सदस्य गगन थापाले लोकतान्त्रिक संविधान निर्माणका लागि आफ्नो पार्टीले जस्तोसुकै त्याग तथा हदैसम्म लचिलो हुन सक्ने बताएका छन् ।

नेता थापाले नयाँ जनादेशअनुसार संविधान निर्माण तथा सरकार गठनलगायतका विषयमा सहमति आवश्यक रहेको भन्दै भने, ‘काँग्रेस र एमालेको सहकार्यबिना संविधान निर्माण कार्य पूरा हुन सक्दैन ।’

महाँकाल गाविस–९ स्थित युवा समितिले मंगलबार आयोजना गरेको कार्यक्रममा नेता थापाले मुलुकमा संक्रमणकाल अन्त्य गरी देशलाई स्थायित्व प्रदान गर्न लोकतान्त्रिक संविधान निर्माण कार्य पूरा गर्नुपर्ने बताए ।

समितिका संयोजक राजेश ढकालले स्थानीय सुकेधारादेखि निलोपुलसम्म जाने बाटोमा वर्षैंभरि पानी जम्ने समस्या रहेको भन्दै त्यसको समाधान गरी खानेपानी तथा ढल निकासको उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us