राजनीति

एमालेलाई अनैतिक तर्क नगर्न काँग्रेस महामन्त्रीको चुनौती

२०७० मंसिर २९ गते ८:००

काठमाण्डु २९ मंसिर–काँगेस महामन्त्री प्रकाशमान सिंहले अनैतिक र अराजनीतिक तर्क नगर्न एमालेका नेताहरुलाई चुनौती दिएका छन । एमालेका नेताहरुले आफूहरु काँग्रेस जत्तिकै समानान्तर शक्ति भएको अभिव्यक्ति दिएको सन्दर्भमा सिंहले त्यस्तो चुनौती दिएका हुन । काठमाण्डुको क्षेत्र नम्बर १ स्थित बिजुलीबजारमा शनिवार मतदाता सम्पर्क कार्यालयमा...

उच्चस्तरिय समिति कायम राख्ने नराख्ने वीच विवाद

२०७० मंसिर २९ गते ७:२९

काठमाण्डु, २९ मंसिर–उच्चस्तरिय राजनीतिक समिति कायम राख्ने कि बिघटन गराउने भन्नेमा राजनीतिक दलवीच विवाद देखिएको छ । प्रधानन्यायधिश खिलराज रेग्मी नेतत्वको सरकार रहुन्जेल समिति रहनु पर्नेमा काँग्रेस,एकीकृत माओवादी र मधेशवादी दलका तर्क छन भने संबिधानसभा निर्वाचनको परिणाम आइसकेको अवस्थामा त्यसको औचित्य नरहेको एमालेको अडान...

रेग्मीले दिए रोडम्याप–सरकार गठन र संविधानको मस्यौदा तयार पार

२०७० मंसिर २९ गते ६:४९

काठमाण्डु २९ मंसिर–मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले आगामी राजनीतिक कदमका वारेमा राजनीतिक दलहरुलाई रोडम्याप दिएका छन । अमेरिका,जापान,अष्टे«लिया,भारत,श्रीलंका र नेपालका समाजशास्त्री तथा मानवशास्त्रीसँगको छलफलमा अध्यक्ष रेग्मीले निर्वाचित संबिधानसभाले  नयाँ सरकार गठन गर्ने र संबिधानको मस्यौदा तयार गर्ने रोडम्याप दिएका हुन । ‘नेपाल संक्रमणकालमा छ र...

राप्रपा नेपालको असन्तुष्ट पक्षको बैठक बस्दै

२०७० मंसिर २९ गते ३:३८

काठमाण्डु, २९ मंसिर– संविधानसभा निर्वाचनबाट चौथो शक्तिका रुपमा स्थापित भएको पूर्वपञ्चहरुको पार्टी राप्रपा नेपालभित्रको भाँडभैलो थप चर्किने भएको छ । सभासद छनोटको विवाद चर्किंदै गएका बेला आज असन्तुष्ट पक्षका केन्द्रीय सदस्यहरुको छुट्टै बैठक बस्न लागेको छ । बैठकको स्थान र समय भने गोप्प राखिएको...

आज वैद्यले केन्द्रीय समितिमा जवाफ दिने

२०७० मंसिर २९ गते २:२६

काठमाण्डु, २९ मंसिर– राजधानीमा जारी नेकपा–माओवादीको केन्द्रीय समिति बैठकमा आज अध्यक्ष मोहन वैद्यले आफ्नो प्रतिवेदनमा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदैछन् । बैठक आज पनि बिहान ११ बजेपछि पार्टी कार्यालय बुद्धनगरमा बस्ने बताइएको छ । आजको बैठकमा बोल्न बाँकी केही सदस्यले धारणा राखेपछि अध्यक्ष वैद्यले...

भगत सिंहलाई थुन्नुको कारण दिन सर्वोच्चको आदेश

२०७० मंसिर २८ गते १२:५६

काठमाण्डु, २८ मंसिर– सर्वोच्च अदालतले जनतान्त्रिक तराई मधेस मुक्ति पार्टीका अध्यक्ष भगत सिंह भनिने अर्जुन सिंहसँग भएको सहमतिका कागजात र उनले हतियार बुझाएको भरपाईसहित तीन दिनभित्र उपस्थित हुन सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश रामकुमारप्रसाद साहको एकल इजलासले शुक्रबार जारी गरेको कारण...

‘अनुहार हेर्ने नाममा ऐना टुक्राएजस्तो हुन दिन्नौं’

२०७० मंसिर २८ गते १०:३६

काठमाण्डु, २८ मंसिर– एमालेका नेता केपी शर्मा ओलीले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउने लोकतान्त्रिक मूल्यमान्यता अनुसारको संविधान बनाउनुपर्ने भन्दै पहिचानको नाममा संविधान नबन्ने बताएका छन् । उनले भने, ‘आफ्नो अनुहार हेर्ने नाममा ऐना टुक्राएजस्तै देश टुक्राउन दिन्नाैँ, पहिचानको नाममा देश टुक्राउने कोसिस...

ठोस निश्कर्षपछि मात्र गठबन्धन बन्ने

२०७० मंसिर २८ गते १०:०९

काठमाण्डु, २८ मंसिर– संविधानसभा निर्वाचनमा धाँधली भएको दावी सहित छानविनको माग गर्दै आएका १८ दलको संयुक्त बैठकले कार्यदलले पेश गरेको सुझाव प्रतिवेदनलाई अन्तिम रुप दिएर मात्र गठबन्धन निर्माण गर्ने निर्णय गरेको छ । एकीकृत नेकपा माओवादीको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा शुक्रबार भएको बैठकमा कार्यदलको...

जवर्जस्ती गरे ठिक नहुने पौडेलको चेतावनी

२०७० मंसिर २८ गते १०:०४

काठमाण्डु, २८ मंसिर– एकीकृत माओवादीका नेता देवेन्द्र पौडेलले संविधानसभाको निर्वाचन गराउन सबैभन्दा महत्वपूर्ण भूमिका आफूहरुले खेलेकोले संविधानसभाको प्रक्रियाबाट बाहिर नजाने स्पष्ट पार्दै जवर्जस्ती लेखिए ठिक नहुने चेतावनी दिएका छन् । निर्वाचनमा भएको धाँधलीको छानविन र सहमतिको आधारमा संविधान निर्माण गर्ने प्रतिवद्धता नआएसम्म आफूहरु संविधानसभामा...

एमाले नेताले भनेः चुनावमा धाँधली भएकै हो

२०७० मंसिर २८ गते ९:४९

काठमाण्डु, २८ मंसिर– एकीकृत माओवादीसहित केही दलहरुले दोस्रो संविधानसभाको निर्वाचनमा धाँधली भएको भनिरहेका बेला एमालेका एक नेताले पनि निर्वाचन धाँधलीपूर्ण भएको दावी गरेका छन् । एमालेका नेता रघुवीर महासेठले निर्वाचनमा धाँधली भएको दावी गर्दै त्यसको छानविनको लागि स्वतन्त्र आयोग गठन गर्नुपर्ने माग गरेका हुन्...

बाबुराम भट्टराईले फेसबुकमा लेखेः जनताले पुरानै खराब शक्तिसँग चित्त बुझाए

२०७० मंसिर २८ गते ८:३५

काठमाण्डु, २८ मंसिर– एकीकृत माओवादीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली जनताले नयाँ शक्तिमाथि भन्दा पुरानै खराब शक्तिहरुसँग चित्त बुझाएको बतएका छन् । आफ्नो फेसबुक पेजमा शुक्रबार स्टाटस पोष्ट गर्दै डा. भट्टराईले आफू गम्भीर आत्मसमीक्षाको क्रममा रहेको उल्लेख गर्दै आफू र आफ्नो पार्टी...

कालापानी क्षेत्रमा भारतीय एसएसबीको गस्ती

२०७० मंसिर २८ गते ८:०१

दार्चुला, २८ मंसिर–दार्चुलाको कालापानी सीमावर्ती क्षेत्रमा भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ले गस्ती बढाएको छ । एसएसबीले आफ्नो स्वर्ण वर्षगाँठको अवसर पारी दार्चुलाको कालापानीलगायतका ठाउँमा गस्ती बढाएको हो । एसएसबीको पाँचौँ बाहिनीका उपसेना नायक यतेन नेगीका अनुसार सीमा क्षेत्रका सबै बाहिनीमार्फत गस्ती बढाएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us