उच्चस्तरिय समिति कायम राख्ने नराख्ने वीच विवाद

काठमाण्डु टुडे २०७० मंसिर २९ गते ७:२९ मा प्रकाशित

high lavel commiteeकाठमाण्डु, २९ मंसिर–उच्चस्तरिय राजनीतिक समिति कायम राख्ने कि बिघटन गराउने भन्नेमा राजनीतिक दलवीच विवाद देखिएको छ । प्रधानन्यायधिश खिलराज रेग्मी नेतत्वको सरकार रहुन्जेल समिति रहनु पर्नेमा काँग्रेस,एकीकृत माओवादी र मधेशवादी दलका तर्क छन भने संबिधानसभा निर्वाचनको परिणाम आइसकेको अवस्थामा त्यसको औचित्य नरहेको एमालेको अडान देखिएको छ ।
रेग्मी रहुन्जेल उच्चस्तरिय राजनीतिक समिति कायम राख्नु पर्ने धारणा बैठकमा राखिएको एकीकृत माओवादीका नेता नारायणकाजी श्रेष्ठले बताए । एमाले नेता रघुजी पन्तले भने ताजा जनादेश आइसकेको अवस्थामा समितिलाई कायम राखिराख्नुको औचित्य नरहेको धारणा आफनो पार्टीले राखेको बताए ।
संबिधानसभाको गठनपछि बस्ने व्यवस्थापिका संसदको बैठकले संसदीय छानवीन समिति गठन र्ने काँग्रेस एमालेको प्रस्तावलाई एकीकृत माओवादीले अस्वीकार गरेको छ । निर्वाचनको नतिजा निर्माणमा धाँधली भएको भन्दै त्यसको छानवीन गर्न एकीकृत माओवादीले माग गर्दै आएको छ ।
बबरमहलस्थित शान्तिकोषको सचिवालयमा शनिवार भएको बैठकमा संविधानसभा निर्वाचनपछि दलहरुबीच उत्पन्न विवाद अन्त्य गरी संविधानसभालाई पूर्णता दिने विषयमा छलफल भएको छ ।आइतवार बस्ने समितिको बैठकले आफनो म्याद थप्नेछ । समितिको म्याद मंसिर मसान्तमा सकिदैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us