निजामती कर्मचारी रास्वपामा सक्रियः पहिले सदस्यता सार्वजनिक गरे, अहिले महाधिवेशनमा गए

काठमाण्डु टुडे २०८३ जेठ २४ गते १७:३८ मा प्रकाशित

काठमाण्डू,२४ जेठ– झापाको पशु क्वाराइनटेन काँकडभिट्टामा कार्यरत निजामती कर्मचारी राष्ट्रिय स्वतन्त्र पार्टीमा खुलेरै लागेका छन ।

सरकारले निजामती कर्मचारीका राजनीतिक संगठन निषेध गरिरहेको बेलामा पशु क्वाराइनटेन काँकडभिट्टाका कर्मचारी मुकुन्द शिवाकोटी भने पार्टीमा सक्रिय रुपमा लागेका हुन । राष्ट्रिय स्वतन्त्र पार्टीको दुईतिहाइ नजिकको मत आएपछि शिवाकोटीले सदस्यता लिएका थिए ।

२७ चैत २०८२ मा सदस्यता लिएका उनले आफ्नो सदस्यता आफैँ सार्वजनिक गरेका थिए । आज उनै शिवाकोटी झापा जिल्लाको राष्ट्रिय स्वतन्त्र पार्टीको अधिवेशनमा समेत पुगेका थिए ।

उनी अधिवेशनमा पुगेको तस्वीर रास्वपाकै कार्यक्रममा गएका काशिनाथ पौडेलले सामाजिक सञ्जालमा राखेका थिए । तर, पछि उनले पटकपटक पोस्ट इडिट गरेर हटाएका थिए । तर उनी भने सम्पर्क बिहिन छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us