चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता

काठमाण्डु टुडे २०८३ साउन ७ गते १४:०६ मा प्रकाशित

काठमाण्डू, ७ साउन– काठमाण्डूको चोभारमा पौडी खेल्न भनेर बागमतीमा हामाफालेका युवक बेपत्ता भएका छन । कपडा र मोबाइल नदी किनारमा राखेर जलबिनायक मन्दिर नजिकबाट युवक हामफालेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

उनको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसएसपी दिलिप घिमिरेले जानकारी दिएका छन । साथीहरुसँग चोभारमा गएका युवक ‘गर्मि भयो’ भन्दै नदीमा पौडी खेल्न भनेर हामफालेका हुन् ।

उनको पहिचान खुलेको छैन । उद्धारका लागि प्रहरीको विपद् व्यवस्थापनको टोली र सशस्त्रका सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us