रेग्मीले दिए रोडम्याप–सरकार गठन र संविधानको मस्यौदा तयार पार

काठमाण्डु टुडे २०७० मंसिर २९ गते ६:४९ मा प्रकाशित

काठमाण्डु २९ मंसिर–मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले आगामी राजनीतिक कदमका वारेमा राजनीतिक दलहरुलाई रोडम्याप दिएका छन । अमेरिका,जापान,अष्टे«लिया,भारत,श्रीलंका र नेपालका समाजशास्त्री तथा मानवशास्त्रीसँगको छलफलमा अध्यक्ष रेग्मीले निर्वाचित संबिधानसभाले  नयाँ सरकार गठन गर्ने र संबिधानको मस्यौदा तयार गर्ने रोडम्याप दिएका हुन । khilraj regmi
‘नेपाल संक्रमणकालमा छ र राजनीतिक स्थायित्व तर्फ अग्रसर हुँदैछ’नेपाल समाजशास्त्र तथा मानवशास्त्र समाजद्धारा शनिवार ललितपुरमा आयोजित अन्तराष्ट्रिय सम्मेलनमा रेग्मीले भने ‘संबिधानसभाको निर्वाचनको सफलतापछि अव हामी राजनीतिक र संम्बैधानिक प्रक्रियाबाट हामी संबिधानसभाको बैठकको प्रक्रियामा छौ । संबिधानसभाको बैठक शुरुवातसँगै मुलुक सरकार गठन र संबिधानको मस्यौदा तयार गर्ने दिशामा अग्रसर हुनेछ ।’ एकीकृत माओवादीसहित १८ राजनीतिक दलले संबिधानसभाको निर्वाचनमा धाँधली र षडयन्त्र भएको निष्कर्ष निकाले पनि अध्यक्ष रेग्मीले भने निर्वाचन स्वतन्त्र,निष्पक्ष,धाँधलीरहित र शान्तिपूर्ण रुपमा भएको दावी गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us