कालापानी क्षेत्रमा भारतीय एसएसबीको गस्ती

काठमाण्डु टुडे २०७० मंसिर २८ गते ८:०१ मा प्रकाशित

Kalapani 2दार्चुला, २८ मंसिर–दार्चुलाको कालापानी सीमावर्ती क्षेत्रमा भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ले गस्ती बढाएको छ । एसएसबीले आफ्नो स्वर्ण वर्षगाँठको अवसर पारी दार्चुलाको कालापानीलगायतका ठाउँमा गस्ती बढाएको हो ।kalapani
एसएसबीको पाँचौँ बाहिनीका उपसेना नायक यतेन नेगीका अनुसार सीमा क्षेत्रका सबै बाहिनीमार्फत गस्ती बढाएको हो । डिसेम्बर १ देखि सुरु गरिएको सीमा गस्ती पछिल्ला दिनहरुमा कडा पारिएको र यो क्रम डिसेम्बर १५ तथा पर्सि आइतबारसम्म चल्ने बताइएको छ । सीमा क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधिलाई ध्यानमा राखेर गस्ती बढाइएको एसएसबीको पाँचौँ बाहिनीले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us