राप्रपा नेपालको असन्तुष्ट पक्षको बैठक बस्दै

काठमाण्डु टुडे २०७० मंसिर २९ गते ३:३८ मा प्रकाशित

Kamal-Thapa-Raprapa-Nepalकाठमाण्डु, २९ मंसिर– संविधानसभा निर्वाचनबाट चौथो शक्तिका रुपमा स्थापित भएको पूर्वपञ्चहरुको पार्टी राप्रपा नेपालभित्रको भाँडभैलो थप चर्किने भएको छ ।
सभासद छनोटको विवाद चर्किंदै गएका बेला आज असन्तुष्ट पक्षका केन्द्रीय सदस्यहरुको छुट्टै बैठक बस्न लागेको छ ।
बैठकको स्थान र समय भने गोप्प राखिएको छ ।

बैठकमा सहमतिमा सभासद चयनको मापदण्ड बनाउन नेतृत्वलाई दबाब दिने विषयमा छलफल हुने एक केन्द्रीय सदस्यले जानकारी दिए । केन्द्रीय समिति निर्णयविपरीत अध्यक्ष कमल थापाले एकलौटी रुपमा समानुपातिक सभासद सूची तयार पारेको भन्दै असन्तुष्ट १७ केन्द्रीय सदस्यले निर्वाचन आयोगमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा आयोगले केन्द्रीय समितिबाट अनुमोदन गराएरु पुन: सूची बुझाउन निर्देशन दिइसकेको छ । पार्टी विवाद उत्कर्षमा पुगेका बेला अध्यक्ष थापा भने क्रिकेट खेल्न भारत गएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us